Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८३ कार्तिक ६, बिहीबार २०:२६
महोत्तरी, कार्तिक ६ ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. २ स्थित तरहरी नयाँ बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शुभचिन्तक तथा स्थानीय नागरिकहरूको उपस्थितिमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभचिन्तक एवं गाउँका भद्रभलादमी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आपसी सद्भाव र खुसीयाली साटासाट गरिएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालीहरूको महान् चाडपर्वहरूले समाजमा आत्मीयता, भाइचारा र सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। यस्ता चाडपर्व केन्द्रित सामूहिक कार्यक्रमहरूले समाजमा आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै सामाजिक सद्भाव र एकतालाई थप मजबुत बनाउने धारणा सहभागीहरूले राखेका थिए।

कार्यक्रमको समापन गर्दै आयोजक तथा गाउँपालिका अध्यक्ष डा अशाेक यादवले यस पावन अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक तथा देशवासीहरूमा दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर