सुरेशकुमार यादवद्वारा लिखित ‘स्टार वडाध्यक्ष : समर्पण, सेवा र नेतृत्वको ५१ सूत्र’ पुस्तक जनकपुरधाममा विमोचन गरिएको छ। आज गरिएकाे विमाेचन कार्यक्रममा साेनमा गाउँपालिकाबाट वडा नं १ काे वडा अध्यक्ष अशाेक कुमार यादव स्टार वडा अध्यक्ष बनेका छन ।मधेश प्रदेशकाे हरेक पालिकाबाट सबैभन्दा राम्राे काम गर्ने वडा अध्यक्षलाई उहाकाे कामकाे मुल्यांकनकाे अधारमा समावेश गर्नु थियाे त्यसमा साेनमा गाउँपालिकाबाट उहाँ सबैभन्दा राम्राे काम गरेकाेमा परेकाे छ ।

मधेश प्रदेशसभाका सभामुख राम आशिष यादवले पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका ५१ वटा वडाका वडाध्यक्षको कार्यसम्पादन, संघर्ष तथा व्यक्तिगत जीवनका विभिन्न पक्ष समेटिएको छ।
पुस्तक विमोचन गर्दै सभामुख यादवले समाज र समुदायको विकासका लागि नेतृत्वमा सेवाभाव, इमानदारी र उत्तरदायित्व आवश्यक रहेको बताए। जनप्रतिनिधिले जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए।

पद र जिम्मेवारी स्थायी नहुने उल्लेख गर्दै सभामुख यादवले व्यक्तिको वास्तविक पहिचान उसको कर्म र योगदानबाट स्थापित हुने बताए। उनले जनप्रतिनिधि तथा नेतृत्वमा रहेका व्यक्तिहरूलाई आफ्नो काममार्फत समाजमा सकारात्मक प्रभाव छाड्न आग्रह गरे।
पुस्तक विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।







