Advertisement
ताजा खबर
रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन जनकपुरमा साहु-महाजनको प्रदर्शन चीनको चासोपछि सरकारले रद्द गर्‍यो तिब्बती अध्ययन सम्मेलन धवल र दुर्गा प्रसाईंले गठन गरे दल, नाम ‘जय नेपाल पार्टी’ मिथिलाञ्चलमा आस्था र परम्पराको संगम : अग्निपरीक्षासहित विधिवत् मनाइँदै मधुश्रावणी पर्व

अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

प्रतिक्षा खबर
२०८३ श्रावण २५, सोमबार १६:३२
२५ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो ।

‘भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि फारम (बोलीचालीको भाषामा १३ पाने फारम) भराइसकेको छ,’ अख्तियारसम्बद्ध उच्च स्रोतले  भन्यो, ‘गंगा दाहालको परिवारको नाममा रहेको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु भएको छ ।

आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरेको हो । त्यसक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियारसम्बद्ध स्रोतले बतायो ।

त्यसैगरी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकीय सचिव गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान समेत सुरु भएको छ । अख्तियार सम्वद्ध स्रोतका अनुसार गंगा दाहाल र उनका पति जीवन आचार्यको एकसाथ सम्पत्ति अनुसन्धान अघि बढेको हो । जीवन आचार्य कोशी प्रदेशसभाका सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन् ।

‘सम्पत्ति अनुसन्धानका क्रममा परिवारका सदस्यहरू पनि स्वत: तानिन्छन्, त्यसक्रममा कोशी प्रदेशसभा सदस्य र प्रदेशका पूर्व मन्त्री पनि अनुसन्धानमा तानिनुभयो,’ अख्तियारसम्बद्ध स्रोतका अनुसार, ‘उनीहरूको अनुसन्धान भने भानु देउवाको तुलनामा अलि अगाडि बढेको छ, केही सम्पत्तिहरूको स्रोत खुलाउन थप ताकेता गर्ने काम भइरहेको हो ।

अख्तियारले यसअघि नै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्ति अनुसन्धान सुरु गरेको छ । बज्राचार्यलाई अख्तियारले टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर