Advertisement
ताजा खबर
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८३ जेष्ठ २, शनिबार २२:५१

रामगाेपालपुर- रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यास गरिएको छ ।
नगरपालिकाको वडा नं. ६ स्थित जनकपुर जाने बाटाेमा वडा नं ६मा पर्ने बजारमा वडा नं ६ वडाकाे कार्यालयकाे लागि निर्माण हुने भवनको मधेश प्रदेशकाे भाैतिक पुर्वाधार विकास मन्त्री राज कुमार गुप्ता ,नगर प्रमुख राम दुलार साह, तथा वडा नं ६का वडाध्यक्ष शिव चन्द्र सिहंले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।

भ्याट तथा पी.एस.सहित ४५ लाखको लागतमा निर्माण हुने भवनको ठेक्का रत्न लक्ष्मी टृेडर्स प्रा लि बर्दिवासले पाएको छ । निर्माण सम्झौता सम्पन्न भइसकेकाे वडा अध्यक्ष सिंहले जनाएको छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख साहले विगत बर्षाै देखिको निरन्तर प्रयासपछि प्रशासकीय भवन निर्माण प्रक्रिया कार्यान्वयन चरणमा पुगेको बताउनुभयो । उहाँले भवन निर्माणका लागि लागने रकम भाैतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेशले विनियोजन गरेकाे छ ।। उहाँले असाढ महिनाकाे २०गते भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै समयमै गुणस्तरीय निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री गुप्ताले “यो भवन केवल संरचना मात्र नभई सेवा प्रवाहलाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउने आधार हुनेछ” भन्नुभयो । भवन निर्माणसँगै सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी प्रशासकीय संरचनाले नगरपालिकाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।
वडा अध्यक्ष सिंहले भवन निर्माणले प्रशासनिक कार्यसम्पादन अझ सहज र प्रभावकारी हुने बताउनुभयो । उहाँले सेवा प्रवाह, अभिलेख व्यवस्थापन तथा शाखागत काममा सुधार आउने उल्लेख गर्नुभयो ।
पूर्वाधार विकास शाखाका इन्जिनियर साहले भवन निर्माण प्राविधिक मापदण्डअनुसार गुणस्तरीय रूपमा सम्पन्न गरिने बताउनुभयो । उहाँले नियमित अनुगमनसहित काम अघि बढाइने जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी नेपालकाे जिल्ला अध्यक्ष राम नरेश यादवले प्रशासकीय भवन निर्माणसँगै सेवा प्रवाहमा सुधार आउने अपेक्षा व्यक्त गर्दै स्थायी संरचना बनेपछि जनताले एकीकृत रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्माण कार्य समयमै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नगर अध्यक्ष विजय यादवले भवन शिलान्यासलाई यस वडा विकासको महत्वपूर्ण उपलब्धि भन्दै सेवा प्रवाह अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
जसपा नेपालका जिल्ला अध्यक्ष यादव ले प्रशासकीय भवन शिलान्यासलाई दीर्घकालीन विकासतर्फको महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले भवन बनेपछि प्रशासनिक कामकाज व्यवस्थित हुने र वडाले सहज सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि,नगरपालिकाका कर्मचारी,ब्यापारी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर