Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

प्रतिक्षा खबर
२०८२ चैत्र १७, मंगलवार ०८:५८

१७ चैत, काठमाडौं । इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो ।

औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन ।

इरानमाथि ईयूले लगाएका प्रतिबन्ध अवधि थप

यसबीच युरोपेली संघ (ईयू) ले इरानमाथि लगाइएका मानवअधिकारसम्बन्धी प्रतिबन्धहरूलाई थप एक वर्षका लागि विस्तार गरेको छ । अब यी प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन् ।

ईयूले भनेको छ– प्रतिबन्धित व्यक्ति तथा संस्थाहरूले युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् र उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ । साथै, नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुन सक्ने उपकरणहरू इरानमा निर्यात गर्न पनि रोक लगाइने छ ।

यसैबीच, इरानको संसदको सुरक्षा समितिले सोमबार होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) व्यवस्थापन योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आई.आर.आई.बी.) का अनुसार, यस योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था गरिएको छ ।

यस योजना अन्तर्गत अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइने प्रावधान पनि समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर