Advertisement
ताजा खबर
लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

प्रतिक्षा खबर
२०८२ फाल्गुन २४, आईतवार ११:२७

गोपाल झा , महोत्तरी फागुन २४ गते प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उज्ज्वलकुमार झा भारी मतान्तरले विजयी हुनुभएको छ।
अन्तिम मतपरिणामअनुसार झाले ३२ हजार ४५१ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मोहम्मद रिजवान लाई २६ हजार ४८२ मतान्तरले पराजित गर्नुभएको छ। रिजवानले ५ हजार ९६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापर ले ४ हजार ७९० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेस का उम्मेदवार बजरंग नेपाली ले ४ हजार ३४२ मत प्राप्त गर्नुभएको छ।
यसैगरी, यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता महन्थ ठाकुर लगातार निर्वाचित हुँदै आएको महोत्तरी–३ मा यसपटक जसपाबाट उम्मेदवार बन्नुभएकी ठाकुरकी छोरीले ३ हजार ९४६ मत मात्र प्राप्त गर्नुभएको छ। यस परिणामले यस क्षेत्रको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको विश्लेषण गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महोत्तरी–३ मा कुल १ लाख १० हजार ४३६ मतदाता रहेका थिए। तीमध्ये ६४ हजार ४८८ मत खसेको थियो। खसेको मतमध्ये ५९ हजार ४७८ मत वैध र ५ हजार १० मत अस्वीकृत भएको जनाइएको छ।
नयाँ पुस्ताका युवा नेता झाको जितलाई महोत्तरी–३ मा राजनीतिक परिवर्तनको संकेतका रूपमा हेरिएको छ। विकास, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दालाई केन्द्रमा राख्दै चुनावी मैदानमा उत्रिएका झाले मतदाताबाट उल्लेख्य समर्थन प्राप्त गर्दै प्रभावशाली विजय हासिल गर्नुभएको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर