Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

रौतहटको राजपुरमा झडप, १९ सुरक्षाकर्मी घाइते

प्रतिक्षा खबर
२०८१ श्रावण ४, शुक्रबार १३:२७

४ साउन, रौतहट । मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए ।
दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।
दाहा नचाउने र झन्डा गाड्ने क्रममा उच्छृङ्खल गतिविधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ ।
ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको छ ।
मेलामा नेपाल प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको कमान्डमा प्रहरी टोली परिचालन भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर