Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित

प्रतिक्षा खबर
२०७७ बैशाख ५, शुक्रबार १४:४७

प्रतीक्षा खबर
जनकपुरधाम,वैशाख ५ गते
जनकपुरमा शुक्रबार दिउँसो दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ महावीर चोकमा शुक्रबार दिउँसो १ बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन् ।
नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब सय मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए ।
स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुबैजना पेठिया बजारतर्फ भागेका छन् ।
‘नीलो र हरियो रङको लुगा लगाएका मुस्लिमजस्तै देखिने दुई महिला पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबैजना कुदे,’ महावीर चाेकका प्रत्यक्षदर्शीले भने ।
स्थानीयवासीकाअनुसार तीन-चारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् । त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
सडकमा फ्यालिएका केही नोट प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानमा सेनेटाइज गरेकाे छ ।
सडकमा रुपैयाँ फ्याल्ने महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले रुपैयाँ टिप्ने व्यक्तिहरुको समेत खोजी गरिरहेकाे छ ।
नजिकै रहेको एक घरमा सीसीटीभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर