Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

जसपाद्वारा पुस २५ देखि दोस्रो चरणको आन्दोलनकाे घोषणा, देशभरि १४ स्थानमा विरोध सभा गरिने

प्रतिक्षा खबर
२०७७ पुष १४, मंगलवार २०:०९

जनता समाजवादी पार्टीले संसदको प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
जसपाले आगामी पुस २५ देखि माघ ७ गतेसम्म देशका विभिन्न सहरका १४ स्थानमा विरोधसभा आयोजना गर्ने भएको छ ।
जसपाले यसअघि गत पुस ८ गते, पुस १०, ११, १२ गते पुत्ला दहन, मसाल जुलुस, र्याली लगायत कार्यक्रमसहित देशव्यापी आन्दोलन गरेको थियो ।
पुस १२ गते जसपाले काठमाडौंको शान्ति वाटिकासहित देशका विभिन्न जिल्लामा र्याली र विरोधसभा गरेको थियो ।
जसपाले आज दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा विरोध सभा गरिनेछ । विराटनगरमा जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले सम्बोधन गर्नेछन् ।
धनगढीमा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरीले सम्बोधन गर्नेछन् । भैरहवामा महन्थ ठाकुर, सर्वेन्द्रनाथ सुक्ला र महेन्द्र राय यादवले सम्बोधन गर्नेछन् ।
पुस २७ गते विरगञ्ज, नेपालगञ्ज र जनकपुरमा विरोध सभा गरिनेछ । विरगञ्जमा उपेन्द्र यादव, लालबाबु राउत र वृशेष चन्द्र लालले सम्बोधन गर्नेछन् ।
नेपालगञ्जमा मो. इस्तियाक राई, महेन्द्र राय यादव र अमृता अग्रहरी सहभागी हुनेछन् । जकपुरमा राजेन्द्र महतो, रेणु यादव र शरतसिंह भण्डारीले सम्बोधन गर्नेछन् ।
पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोडमा विरोध सभा गरिनेछ । पोखरामा डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरतसिंह भण्डारीले सम्बोधन गर्नेछन् ।
सुर्खेतमा मो. इस्तियाक राई, नवराज सुवेती र जितेन्द्र सोनल वक्ता रहनेछन् । विर्तामोडमा रकम चेम्जोङ, हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनले सम्बोधन गर्नेछन् ।
यसैगरी माघ ३ गते धरान, मलंगवा, सिरहा, कलैया र तौलिहवामा विरोध सभा गरिनेछ । धरानमा अशोक राई, रकम चेम्जोङ, पर्शुराम खापुङ र युवराज कार्कीले बोल्नेछन्
मलंगवामा राजेन्द्र महतो, महेन्द्र राय यादव र उमाकान्त झाले सम्बोधन गर्नेछन् । सिरहामा रेणु यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव वक्ता हुनेछन् ।
यसैगरी कलैयामा हुने विरोधसभामा राम सहायप्रसाद यादव, जितेन्द्र सोनल, प्रकाश अधिकारी र चन्दा चौधरी वक्ता हुनेछन् ।
तौलिहवामा शरतसिंह भण्डारी, मृगेन्द्रसिंह यादव, एकवाल अहमद शाह वक्ता रहनेछन् । आगामी माघ ७ गते सबै जिल्लामा पुनः विरोधसभा र र्याली आयोजना गरिनेछ ।
आगामी पुस २१ गते भने काठमाडौंमा नागरिक समाज तथा बौद्धिक वर्ग सहभागी गराएर संसद विघटनबारे अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर