Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

महाेत्तरी ४ : सुरेन्द्र कुमार यादवको आक्रामक सक्रियतासँगै छाँयामा पर्दै अरू उम्मेदवार

प्रतिक्षा खबर
२०८२ फाल्गुन ८, शुक्रबार ०७:२६

रामगाेपालपुर । जनता समाजवादी पार्टी, नेपालका उमेदवार डा सुरेन्द्र कुमार यादवले आफ्नो निर्वाचन क्षेत्रमा आक्रमक ढंगले सक्रियता बढाएका छन् । महाेत्तरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका यादवले निर्वाचन क्षेत्रका गाउँ-गाउँमा चुनावी गतिविधि बढाएका हुन् ।

यस क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारमध्ये उहा अनुभवी र प्रभावशाली व्यक्तित्व उनको छ । किनकि, उनी एक पटक सांसद, एक पटक मन्त्री र डाक्टर पेशामा सक्रिय समाजसेवीकाे रुपमा परिचित भइसकेका छन् । मधेशको सामाजिक संरचनामा पनि उनको बलियो प्रभाव छ ।

मधेश आन्दोलनताका आन्दोलनकर्मीका रूपमा होस्, या प्रतिनिधिसभामा सांसदका रूपमा, सिंहदरबारमा मन्त्रीका रूपमा होस् अथवा समाजसेवीकाे रूपमा, यादवले सधैंभरि मधेशको पक्षमा बलियाेसँग आवाज उठाएका छन् । समग्र मधेश र महाेत्तरीकाे रणनीतिक विकासमा पनि महत्त्वपूर्ण योगदान दिएका छन् ।

जसकारण यादवको सक्रियता र प्रभावका अगाडी अन्य उम्मेदवार छाँयामा पर्न थालेका छन् भने मतदातामा उनीप्रतिको झुकाब बढ्दै गएको छ । ‘देश त कांग्रेस कम्युनिष्टले बिगारेको हो नि,’ साेनमा गाउँपालिकाकाे पूर्व अध्यक्ष राज कुमार यादवले भने, ‘उहाँहरूले त सधैं यसको विरोध गर्दै मधेश र जनताको पक्षमा उभिनुभएको छ, त्यसैले हामीले उहाँलाई साथ दिनुपर्छ ।

महाेत्तरी ४ का सबै ठाउँका अधिकांश मतदाता अन्तिममा सशक्त र दमदार प्रतिनिधि छान्ने कुरामा एक ठाउँमा आउने र डा सुरेन्द्र कुमार यादवलाई साथ दिने यादव बताउँछन् । ‘यस क्षेत्रमा थुप्रै उम्मेदवार छन्, कोही हल्लाको भरमा जित्न चाहन्छन्, कोही पैसाको भरमा,’ उनले भने, ‘तर, अन्तिममा मतदाताले विवेक प्रयोग गर्छन्, उहाँजस्तो सशक्त प्रतिनिधि छान्छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर