• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेसमा रास्वपा लहरले दबाबमाअरू दल


मधेसमा रास्वपा लहर चल्दा दबाबमा अरू दल

। २०७९ को निर्वाचनमा मधेस प्रदेशमा खासै उपस्थिति जनाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक त्यहाँ पनि चर्चामा छ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)लाई वरिष्ठ नेताको रूपमा भित्र्याएर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेसँगै मधेसमा रास्वपाको ‘क्रेज’ ह्वात्तै बढेको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले मधेसमा सबैभन्दा धेरै कुन पार्टीको कत काट्ला भन्ने अड्कलबाजी पनि सुरू भएको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर एउटा नारा दिएको छ, ‘मधेसको छोरा प्रधानमन्त्री बन्दैछन् ।’ त्यसले मधेसमा एकखालको लहर त ल्याएको छ नै, देशभरका नागरिक  बालेनसँग झुम्मिरहेका छन् । चाहे महोत्तरी होस् या दार्चुला, सबैतिर बालेनको एकनासको क्रेज देखिएको छ ।

अन्य ठाउँभन्दा अहिले बालेन र रास्वपाको चर्चा तराई-मधेसमा धेरै छ । राजनीतिक मामिलाका जानकारहरू रास्वपाको मधेसमा प्रदेशमा कमजोर संगठन रहेकाले मधेसी मूलका बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर मत तान्ने रणनीति बनाएको देखिन्छ ।

रास्वपा मधेसले साथ दिएमा एक नम्बर पार्टी बन्ने दाबी गरिरहेको छ । रास्वपाले मधेसमा सबैभन्दा धेरै कुन पार्टीको मत काट्ला ? यस विषयमा  मधेसका केही नागरिक अगुवा, राजनीतिकर्मी र बुद्धिजीवीसँग प्रश्न सोधेको थियो । अधिकांशको जवाफ थियो एमालेको ।

राजनीतिक विश्लेषक श्रीमन नारायण भन्छन्, ‘देशमा एमालेको जुन खालको क्रियाकलाप रह्यो । बालेन शाहले झापा–५ मा उम्मेदवारी दिनुभएको छ । त्यसले प्रष्ट हुन्छ रास्वपाले सबभन्दा बढी मत एमालेको काट्छ ।’

एमालेकै कारण देशमा जेनजी आन्दोलन भएको, ७५ जना जेनजीले सहादत दिएको, दुई पटक संसद् विघटन भएकाले उसको मत रास्वपालाई जान सक्ने उनको विश्लेषण छ ।

मधेसमा हाल सबैभन्दा ठुलो पार्टी एमाले हो । हरेक क्षेत्रमा बलियो संगठन छ । तर पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतले मधेसबारे दिएको अभिव्यक्तिका कारण मधेसी मतदाता क्रुद्ध बनेको राजनीतिक विश्लेषक नारायण बताउँछन् ।

जनकपुरका नागरिक अगुवा सत्यनारायण साह लोकतान्त्रिक र वामपन्थी दुवैको मत रास्वपातिर आकर्षित हुन सक्ने बताउँछन् । ‘मलाई लाग्छ मिश्रित किसिमको हुनेछ । लोकतान्त्रिक र वामपन्थी दुवैको मत रास्वपातिर आकर्षित हुन्छ । तर मधेस केन्द्रित दलको मत सबभन्दा बढी आकर्षित हुने अनुमान गर्न सकिन्छ,’ उनी भन्छन् । मधेस केन्द्रित दलहरूको रवैयाबाट आजित भएका मतदाता पनि रास्वपातिर सर्न सक्ने उनको बुझाइ छ ।

मधेस राजनीतिमा लामो समय काम गरेका भरतविमल यादव रास्वपाले कुनै एक दलको भन्दा सबैको काट्न सक्ने बताउँछन् । ‘मधेसमा रास्वपाको लहर हेर्दा कुनै पार्टी विशेषभन्दा पनि हरेक पार्टीको थोरै थोरै मत काट्न सक्छ,’ उनी भन्छन्, ‘शीर्ष नेता बाहेकका अन्य हरेक उम्मेदवारको मत रास्वपाले तान्छ । त्यसमा मुख्य फ्याक्टर बालेन देखिएका छन् ।‘

पत्रकार पंकज दास रास्वपाले सबैभन्दा बढी मधेस केन्द्रित दलको मत काट्ने बताउँछन् । ‘मधेसीको छोरा प्रधानमन्त्री बन्ने भाष्य निर्माण हुँदा मधेस केन्द्रित दलका समर्थक अहिले रास्वपाको समर्थनमा लागेका छन् । एमालेको क्याडर मत कतै जाँदैन, कांग्रेसको असन्तुष्ट मत रास्वपातिर जाने सम्भावना देखिन्छ,’ उनी भन्छन् ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष असन्तुष्ट देखिन्छ । देउवाका पक्षका नेताहरु गगनको पक्षमा खुलेका छैनन् । त्यसको प्रभाव निर्वाचनमा देखिनसक्ने र असन्तुष्ट मत रास्वपामा जान सक्ने धेरैको बुझाइ छ ।

मधेस प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष सोहन साह भन्छन्, ‘रास्वपाको कारण मधेस केन्द्रित दललाई चुनौती छ । तर यसले कसको मत काट्छ भन्ने प्रमाणित आधार छैन, यद्यपि एमालेको लोकप्रिय मत रास्वपाले तान्छ जस्तो लाग्छ ।‘

अहिले लोकप्रियतावादी लहर देखिएको भन्दै उनी यसले सबैतिर प्रभाव पार्ने बताउँछन् । ‘खासमा सबभन्दा बढी असर एमाले र त्यसपछि मधेस केन्द्रित दललाई गर्ने देखिन्छ,’ साह भन्छन् ।

नेपालको भूराजनीतिबारे विशेष जानकारी राख्ने प्रमोद जैसवाल ठुलो दलकै मत स्वाभाविक रूपमा बढी काटिने तर्क गर्छन् । उनका अनुसार रास्वपाले समानुपातिक मत सबभन्दा बढी एमालेको काट्न सक्छ । प्रत्यक्षमा भने जनमत र जसपा नेपालको मत काट्न सक्ने उनको आकलन छ ।

जनकपुरका पत्रकार वीरेन्द्र रमण मधुमा युवाको रुझान रास्वपातिर देखिँदा जनमत र जसपा नेपालको मत धेरै काटिने बताउँछन् ।

सिरहाका पत्रकार रोयन्टल मण्डल रास्वपामा लहर देखिँदा जनमत र जसपा नेपालको मतमा बढी असर गर्ने आकलन गर्छन् । ‘जनमत पार्टीमा अधिकांश युवा जमात छन्, जेनजीको पार्टी जस्तो लाग्छ । अहिले रास्वपाको लहर हेर्दा त्यो मत कन्भर्ट हुने देखिन्छ,’ उनी भन्छन् ।

सप्तरीका पत्रकार श्यामसुन्दर यादव पनि रास्वपाले मधेस केन्द्रित दलहरूकै मत धेरै काट्ने बताउँछन् । अर्की पत्रकार प्रतिमा चौधरी रास्वपाले सबभन्दा बढी मत एमालेको र त्यसपछि कांग्रेसको मत काट्न सक्ने बताउँछिन् ।

काठमाडौंका पत्रकार रामसुकुल मण्डल भने रास्वपाले मधेस केन्द्रित दलको मतमा खासै असर नपार्ने दाबी गर्छन् । उनका अनुसार रास्वपाले सबभन्दा बढी मत एमाले र कांग्रेसको काट्न सक्छ । अर्का पत्रकार आलोक तिवारी पनि मण्डलकै भनाइमा सहमत देखिन्छन् । पत्रकार रामकुमार कामत रास्वपाले मधेसमा सबभन्दा बढी मत एमालेको काट्न सक्ने बताउँछन् ।

जसपा नेपालका नेता डा. सुरेन्द्र झा रास्वपाले सबभन्दा बढी मत एमालेको काट्ने दाबी गर्छन् । ‘अहिलेको लडाइँ रास्वपा र एमालेबिच देखिन्छ । यो देशमा जति पनि विसङ्गति र बेथिति छन्, ती एमालेका कारण भएको हो, त्यसले गर्दा त्यसको मत रास्वपालाई जान्छ,’ उनी भन्छन् । जसपा नेपालका अर्का नेता सीपी सिंह तीन ठुला दलको मत नै रास्वपाले काट्ने दाबी गर्छन् ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिल महासेठ बालेनका कारण रास्वपाले सबभन्दा बढी मत एमालेको काट्न सक्ने बताउँछन् । बालेनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसँग चुनाव लड्ने भएकाले त्यसको प्रभाव देशभर देखिएको छ । जसकारण पनि मधेसमा एमालेकै मत धेरै काटिने महासेठको तर्क छ । रास्वपा निकट रहेर सप्तरीमा राजनीति गरिरहेका ई. सुरेन्द्रनारायण यादव रास्वपाले मधेसमा सबभन्दा बढी मत जनमत पार्टीको काट्ने दाबी गर्छन् । त्यसपछि एमाले र कांग्रेसको मत काटिने उनी बताउँछन् ।

जनता लोकतान्त्रिक पार्टी नेपालबाट सप्तरी–२ मा उम्मेदवार बनेका बलराम यादव रास्वपाले सबभन्दा बढी मत जनमत पार्टीको काट्ने दाबी गर्छन् ।

रास्वपाका सुनसरी–४ मा उम्मेदवार बनेका दीपक साह रास्वपाले सबै पार्टीको मत काट्ने बताउँछन् । ‘तर यसमा नेताको प्रभावमा पनि भर पर्छ, जुन क्षेत्रमा जुन नेताको प्रभाव छ, त्यहाँ त्यही अनुसार दलहरुको मत काट्छन्,’ उनी भन्छन् ।

सुनसरी–२ मा राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका सन्तोष मेहता पनि रास्वपाले सबभन्दा बढी मत एमालेको काट्ने दाबी गर्छन् । ‘देशमा एमाले र रास्वपाबिच द्वन्द्व देखिएको छ । त्यसले गर्दा सबभन्दा बढी मत एमालेको काटिने देखिएको छ । त्यसपछि मधेशी दल अनि कांग्रेस र राप्रपाको काटिनेछ,’ उनी भन्छन् । सप्तरी–४ मा जसपा नेपालबाट उम्मेदवार बनेका डा. बबी सिंह कांग्रेस र जनमत पार्टीको मत रास्वपाले काट्ने दाबी गर्छिन् ।राताेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, उम्मेदवार हुन नपाउने

२६ माघ २०८२, आईतवार
‎निर्वाचन आचारसंहिताकाे उल्लघन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव
अन्तर्राष्ट्रिय

‎निर्वाचन आचारसंहिताकाे उल्लघन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव

२६ माघ २०८२, आईतवार
२२ जिल्लाको मधेश बनाउनका लागि आफुहरुको सङ्घर्ष जारी रहेको ,अध्यक्ष यादव
अन्तर्राष्ट्रिय

२२ जिल्लाको मधेश बनाउनका लागि आफुहरुको सङ्घर्ष जारी रहेको ,अध्यक्ष यादव

२६ माघ २०८२, आईतवार
दुर्गा प्रसाईं फेरि समातिए
अन्तर्राष्ट्रिय

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

२६ माघ २०८२, आईतवार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh