Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

खेसारीलाल सहभागी बर्जु महोत्सवमा यसपालि पनि झडप

प्रतिक्षा खबर
२०७९ माघ ३, मंगलवार २०:२६

३ माघ, विराटनगर । सुनसरीमा भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी एक कार्यक्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
मंगलबार सुनसरीको बर्जु गाउँपालिका– ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी कार्यक्रममा झडप भएको हो । झडपमा दुई जना दर्शक र तीन जना प्रहरी सामान्य घाइते भएका हुन् । प्रहरीले कार्यक्रम स्थलमा ढुंगामुडा गर्ने एक जनालाई पक्राउ गरेको छ ।
गत वर्ष माघ ४ गते मंगलबार बर्जु महोत्सव यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो । यादवलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान नदिएपछि आक्रोशित भिडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्करपियो गाडी जलाएको थियो । स्टेज तोडफोड गरेको समूहले साउन्ड सिस्टम र कार्यक्रमस्थलमा प्रयोग गरिएको लाइट पनि तोडफोड गरेको थियो ।
यो पटकको महोत्सवमा पनि यादवलाई बोलाइएको थियो । यादव सहभागी हुने कार्यक्रमको टिकट शुल्कको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले महोत्सवमा टिकटको विषयमा सामान्य विवाद भएको बताए । टिकटको विषयमा विवाद गर्न खोजेपछि एक जनालाई नियन्त्रणमा लिएको उनले बताए । भिडलाई नियन्त्रणमा लिने क्रममा तीन जना प्रहरी र कार्यक्रमस्थल पुगेका २ जना सामान्य घाइते भएको उनले बताए
यादव सहभागी कार्यक्रममा २५ हजार भन्दा बढी दर्शक पुगेका थिए । ‘कार्यक्रममा २५–२६ हजार दर्शक सहभागी थिए,’ ढकालले भने, ‘कार्यक्रम सकेर कलाकारलाई गन्तब्यमा पठाएर हामी फर्कियौं ।’
गत वर्ष पनि झडप भएका कारण कार्यक्रमको सुरक्षाका लागि यसपालि प्रहरीले सतर्कता अपनाएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर