• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पार्टी परिवर्तन गर्नेहरूमा मधेस प्रदेश पहिलाे स्थानमा ्


जसले टिकट पाउन पार्टी फेरे

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न दल परिवर्तन गर्नेहरू निकै देखिएका छन् । चुनावमा टिकट पाउन पार्टी परिवर्तन गर्नेहरू मधेस प्रदेशमा सबैभन्दा धेरै देखिएको छ ।

अहिले सबभन्दा बढी चर्चा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाको छ । मधेस केन्द्रित दलबाट राजनीतिक यात्रा सुरू गरेका झा पछिल्लो समय नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए । तर चुनाव जित्नकै लागि उनले आफैं अध्यक्ष रहेको पार्टीबाट चुनाव नलडेर नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनले पार्टी छाडेको नभई कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेको बताए ।

त्यस्तै, अन्तिम समयमा नेपाली कम्युनिस्ट पार्टी छाडेर रामेश्वर राय यादव र उमेश यादव जनता समाजवादी पार्टी नेपालमा गएर चुनाव लडेका छन् । उनी सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । सर्लाही–३ मा नेकपाले यादवलाई टिकट नदिएर पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई दिएका छन् ।

त्यही कारण देखाएर उनले पार्टी छाडेर जसपा नेपालमा गएर टिकट लिई सर्लाही–४ बाट चुनाव लडेका छन् । सर्लाही–४ मा कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरेशकुमार सिंहसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

‘म टिकट नपाएर भन्दा पार्टीले ममाथि अन्याय गरेको महसुस गरेर पार्टी छाडेको हुँ । गोर्खाबाट चुनाव लड्ने नेतालाई मधेसमा ल्याएर चुनाव लडाउनु मधेसमाथि अपमान हो,’ उनले भने, ‘पार्टीमा मधेशी नेताको अवमूल्यन हो, बरु मलाई टिकट नदिएर पार्टीका कुनै मधेसी नेतालाई दिएको भए त्यो मान्न सकिन्थ्यो तर पहाडबाट चुनाव लडाउनु भनेको मधेसीको अपमान हो ।

जसपा नेपालको निर्णयको आधारमा आफू सर्लाही–४ बाट चुनाव लडेको बताउँदै उनले विगतमा पनि यो क्षेत्रमा काम गरेका कारण जनताको माया पाउने र चुनाव जित्ने दाबी गरे ।

त्यस्तै नेकपा छाडेर जसपा नेपालमा गएका उमेश यादव सप्तरी–२ मा उम्मेदवार बनेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त क्षेत्र छाडेपछि उमेश यादवले त्यहाँ मनोनयन दर्ता गराएका हुन् । सोही क्षेत्रबाट २०७० सालको चुनाव जितेका उनी पछिल्ला दुई निर्वाचनमा पराजित भएका थिए ।

‘म नेकपामा टिकट नपाएर पार्टी छाडेको होइन, पार्टीले मलाई टिकट दिन तयार थियो । टिकट लिन भनिरहेको थियो, तर पार्टीका केही मधेसी नेताको घेराबन्दीका कारण त्यहाँ बस्न गाह्रो भयो र पार्टी छाडेको हुँ,’ उनी भन्छन् । यादवको प्रतिस्पर्धा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग हुनेछ । राउत अघिल्लो निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै निर्वाचित भएका थिए ।

जसपा छाडेर उम्मेदवार बनेका अर्का नेता हुन् प्रदीप यादव । उनी पर्सा-१ मा एमाले उम्मेदवार बनेका छन् । अशोक राय नेतृत्वको जनता समाजवादी पार्टी छाडेर डा. वीरेन्द्र महतो जनमत पार्टीबाट सिरहा–४ मा उम्मेदवार बनेका छन् । यस्तै रञ्जु ठाकुर जसपा छाडेर नेपाल जनता पार्टीबाट टिकट लिएर सप्तरी–२ मा उम्मेदवार बनेकी छन् ।

जसपा छाडेर इस्तियाक राई एमालेको टिकट लिएर बाँकेबाट चुनाव लड्दैछन् ।

जसपा नेपाल छाडेर प्रमोद गुप्ता जनमत पार्टीबाट टिकट लिएर बारामा उम्मेदवार बनेका छन् । त्यस्तै जसपा नेपाल छाडेर वृजेश गुप्ता नेकपाबाट टिकट लिएर सर्लाहीबाट चुनाव लड्दैछन् ।

नेकपा छाडेर रहबर अन्सारी रास्वपाको उम्मेदवार बनेका छन् भने एमाले छाडेका किरण साह नेकपाको उम्मेदवार बनेका छन् । कांग्रेसका वीरेन्द्रकुमार कनौडिया टिकटकै लागि एमाले प्रवेश गरेका छन् । कपिलवस्तु-३ मा चुनाव लडेका छन् । त्यस्तै राप्रपा छाडेर टिकटकै लागि प्रकाश रजौरिया रास्वपामा प्रवेश गरेका छन् । उनी पनि त्यही क्षेत्रबाट चुनाव लडेका छन् ।

यस्ता थुप्रै छन् जो आफू रहेको पार्टीबाट टिकट नपाउने भएपछि अन्तिममा अरु पार्टीबाट टिकट लिएर चुनावी मैदानमा छन् । जसपा नेपाल छाडेर एमालेमा गएर टिकट लिई चुनाव लडेका प्रदीप यादव भन्छन्, ‘जसपा नेपालमा मलाई टिकटको समस्या थिएन, नेताहरुको मानसिकता ममाथि ठीक भएन, त्यही भएर पार्टी छाडेको हुँ ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महन्थ ठाकुरको गढ’मा हरिनारायणको विद्रोह, कांग्रेस-एमालेलाई ‘घण्टी’को डर
अन्य

महन्थ ठाकुरको गढ’मा हरिनारायणको विद्रोह, कांग्रेस-एमालेलाई ‘घण्टी’को डर

८ माघ २०८२, बुधबार
अन्तर्राष्ट्रिय

बुधबारदेखि सेना परिचालन

८ माघ २०८२, बुधबार
अन्तर्राष्ट्रिय

एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा प्रवेश

८ माघ २०८२, बुधबार
‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

८ माघ २०८२, बुधबार
Next Post

आफ्नै पूर्वसहकर्मीको घेरामा सीके राउत

अध्यक्ष  यादवले दिए जनतासँग छलफल तथा भेटघाट  कार्यक्रमलाई निरन्तरता

अध्यक्ष यादवले दिए जनतासँग छलफल तथा भेटघाट कार्यक्रमलाई निरन्तरता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh