Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

अध्यादेशको पक्षमा उभिने जसपा नेपालको सङ्केत, अन्तिम निर्णय बिहीबार

प्रतिक्षा खबर
२०८१ माघ २३, बुधबार २०:१७

काठमाडौँ । अध्यादेश अध्ययन गर्न गठित जसपा नेपालको कार्यदल सरकारको पक्षमा उभिने सङ्केत गरेको छ । नेता राजकिशोर यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवालासहितसँगको छलफल गरे पनि प्रतिवेदन तयार गरिसकेको छैन ।

बुधवार विज्ञहरूसँग समेत छलफल गरेको कार्यदल संयोजक यादवले बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउने बताए । अध्यादेशको पक्ष वा विपक्षमा उभिने भन्ने आधिकारिक निर्णय पार्टीले नै गर्ने यादवको भनाइ छ ।

‘सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशको माध्यमबाट मात्रै सरकार सञ्चालन गर्ने प्रवृत्तिको बढवा नहोस् । त्यसैलाई निरुत्साहित गर्नुपर्छ भन्ने नै हो वैचारिक सैद्धान्तिक रूपमा’, यादवले भने, ‘अध्यादेशको कन्टेनको आधारमा प्रतिवेदन तयार गर्नुपर्ने भएको थप अध्ययन गरेर भोलि निर्णयमा पुग्छौ ।’

उनले केही अध्यादेश सकारात्मक भए पनि केहीमा गम्भीर प्रकारको आपत्ति रहेको भन्दै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । ‘पार्टीको आन्तरिक कार्यदल भएकाले हामी पार्टीलाई प्रतिवेदन बुझाउँछौ र बिहीबार बस्ने संसदीय दलले निर्णय गर्छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर