Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

भीम अस्पताललाई मायादेवी च्यारिटेबल फाउण्डेशनद्धारा आर्थिक तथा स्वास्थ्य सामग्री प्रदान

प्रतिक्षा खबर
२०७८ जेष्ठ ९, आईतवार २१:२३

उर्मिला यादव यात्री
जेठ ९
सामाजिक क्षेत्रमा क्रियासिल मायादेवी च्यारिटेबल फाउण्डेशनले आज रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई आर्थिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । फाउण्डेशनले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि एकाउन्न हजार रुपैया, चालिस थान मेडिकल बेडसिट र ३० थान बिरामीको लागि मेडिकल गाउन गरी ५४ हजार ४ सय ६० रुपैयाँ बराबरको सहयोग गरेको जनाएको छ । भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ उक्त रकम उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताउनु भएको छ । उहाले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई थप सहयोग गर्न तयार रहेको समेत बताउनु भएको छ । फाउण्डेशनका अध्यक्ष रौनियारले आज ५१ हजार रुपैयाँको चेक र मेडिकल सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गर्नु भएको छ ।
चेक तथा स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले कोरोना महामारीको समयमा मायादेवी च्यारिटेबल फाउण्डेशनले गरेको सहयोगले अस्पताललाई ठुलो सहयोग भएको बताउनु भएको छ । आर्थिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भीम अस्पतालका कोभिड फोकल पर्सन डा. आरिफ हुसेन, मायादेवी च्यारिटेबल फाउण्डेशनका सल्लाहकार बिरेन्द्र ज्ञवालि, सदस्य बिनोद रौनियार, जुबैर खान लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर