Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

बालेनले बोलेको ‘छौरा’ शब्दलाई गलत अर्थ लगाएको भन्दै महेश बस्नेतको आलोचना

प्रतिक्षा खबर
२०८२ माघ ७, बुधबार १५:४९

जनकपुरधाम । नेकपा एमालेका सचिव महेश बस्नेतले मधेशी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ । बालेन शाहले जनकपुरधामको सभामा बोलेको ‘छौरा’ शब्दलाई बस्नेतले गलत रुपमा अर्थ्याएको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ ।

गत सोमबार जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभामा वरिष्ठ नेता बालेन साहले मैथिली भाषामा ‘मधेशिया छौरा’ भन्ने शब्द प्रयोग गरेका थिए । मैथिली भाषामा ‘छौरा’ शब्दको अर्थ नेपालीमा ‘केटो’ वा ‘छोरो’ हुन्छ । तर एमाले नेता बस्नेतले उक्त शब्दलाई बंग्याउँदै ‘छाउरा’ भनेर अथ्र्याएका छन्, जसको नेपाली अर्थ ‘कुकुरको बच्चा’ हुने भन्दै आलोचकहरूले आपत्ति जनाएका छन् ।

यस अभिव्यक्तिलाई मधेशी समुदायप्रति अपमानजनक र घृणात्मक भन्दै सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विरोध भइरहेको छ । कतिपयले बस्नेतमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

मधेशी आयोगका पूर्व अध्यक्ष विजय दत्तले एमाले सचिव बस्नेतलाई सामाजिक सन्जालमा खुला पत्र लेख्दै मधेशी समुदायको भाषिक संवेदनामाथि प्रहार नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेखिएको पत्रमा उनले चुनावको मुखमा यस्ता अभिव्यक्ति जिम्मेवार नेताबाट अपेक्षित नहुने उल्लेख गरेका छन् ।

‘कुन पार्टीका कुन नेताले के बोले भन्ने विषय आफैँ बुझ्न नसके भाषिक विज्ञहरूसँग सल्लाह लिनुहोस्, सबै क्षेत्रको ज्ञाता बन्ने प्रयास नगर्नुहोस्,’ दत्तले लेखेका छन् । उनले मैथिली भाषामा ‘छौरा’ शब्दको अर्थ स्पष्ट पार्दै त्यसलाई अपशब्द बनाउने प्रयास अनुचित भएको बताएका छन् । ‘भाषा जननी र अवनी हो, यसप्रकारको व्यवहार कुनै हालतमा स्वीकार्य हुँदैन,’ उनले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर