Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

प्रतिक्षा खबर
२०८२ माघ १, बिहीबार १२:३०

 । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीका  कार्यकर्ता तथा युवा समाजका अगुवाहरूले महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचनमा उम्मेदवारी दिन बालेन शाहलाई निम्तो दिएका छन् ।

अनिल पाण्डे, विजय विनीत पाण्डे लगायत दर्जनौँ व्यक्तिहरूले बालेन शाहलाई भेटेर चुनाव लड्न आग्रह गरेका हुन् ।

काठमाडौँस्थित ज्वागलमा रहेका कुमार व्यञ्जनकारको निवासमा बालेन शाहसँग भेट गरी आफूहरुले उक्त निम्तो दिएको पाण्डेले बताए  । भेटका क्रममा करिब एक घण्टा लामो छलफल भएको थियो ।

पाण्डेले छलफलका क्रममा महोत्तरी क्षेत्र नम्बर ३ को वस्तुस्थिति जानकारी गराउँदै सो क्षेत्रले बालेन शाहलाई खोजेको बताए । बालेन शाहको पैत्रिक गाउँ समेत महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने एकडारा गाउँपालिका भएकाले यस क्षेत्रका जनताले आफ्नै पुर्खौली भूमिबाट निर्वाचन लड्न आग्रह गरिरहेको कुरा उनले बालेनलाई जानकारी गराएका थिए ।

झापाबाट बालेन शाह निर्वाचन लड्ने चर्चा भइरहे पनि महोत्तरी क्षेत्र नम्बर ३ पनि आफ्नो प्राथमिकतामा रहेको बालेनले बताएको पाण्डेले जानकारी दिए । उनका अनुसार माघ ५ गते महोत्तरीको पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा बालेन शाह र पार्टी सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर