Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

भ्रष्टाचार आरोपमा चिनियाँ फुटबल पूर्वपदाधिकारीलाई ११ वर्ष जेल, सम्पत्ति जफत गरिने

प्रतिक्षा खबर
२०८१ भाद्र ३, सोमबार १७:२२

३ भदौ, बेइजिङ । चीनको एक अदालतले फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।

चिनियाँ फुटबल संघ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले सोमबार दोषी ठहर गरेको हो ।

उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ ।

सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो पदीय अख्तियारको दुरुपयोग गरेको अभियोगमा लीलाई मार्चमा दोषी ठहर गरिएको थियो ।

लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसअघि उनी सांघाईको खेलकुद प्रशासनको प्रमुखको जिम्मेवारीमा थिए।

राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै आएका छन् ।

चीनले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका र खेलजगतलाई सुधार गर्न त्यहाँ हुने अनियमितताको अन्त्य गर्न सी प्रशासनले कदम चाल्दै आएको छ ।

तर त्यो महत्त्वाका‌ंक्षा पटक–पटकका भ्रष्टाचारका काण्ड र वर्षौंदेखिको निराशाजनक नतिजापछि पहिलेभन्दा अझ टाढा देखिन्छ ।

गत मार्चमा सीएफएका पूर्व प्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

सोही महिना चीनको राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घूस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्वीकारेका थिए ।

गत मे महिनामा चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’का पूर्व निर्देशक गौ झोङवेनमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको थियो । यसरी हेर्दा, हालैका महिनाहरूमा सीएफएका करिब १० उच्च अधिकारीहरू अनुसन्धानको दायरामा आएका छन्।

एएफपी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर