Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : सुरक्षित हुँदै तुरुन्तै इरान छोड्नु

प्रतिक्षा खबर
२०८२ पुष २९, मंगलवार २१:४८

इरानमा भएको प्रदर्शन

२९ पुस, काठमाडौं । अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा चेतावनी जारी गर्दै तुरुन्तै इरान छाड्न भनेको छ ।

इरानभर विरोध प्रदर्शन तीव्र रूपमा बढिरहेको र यो थप हिंसात्मक हुन सक्ने बताउँदै दूतावासले यसका कारण पक्राउ पर्न सक्ने, घाइते हुन सक्ने जोखिम भइकोले फर्किन आग्रह गरेको छ ।

एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई सम्पर्कका वैकल्पिक उपायहरू खोज्न सुझाव दिइएको छ । साथै, यदि सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान छाड्ने विकल्पबारे पनि विचार गर्न भनिएको छ ।

इरानमा रहेका अमेरिकी नागरिकहरूलाई जारी गरिएको एडभाइजरीमा भनिएको छ, ‘यदि इरान छाड्न सकिने अवस्था छैन भने सुरक्षित स्थान खोज्नुहोस् । खाना, पानी, औषधि र अन्य आवश्यक सामग्रीको भण्डारण गरेर राख्नुहोस् । प्रदर्शनहरूबाट टाढा रहनुहोस् र वरपरको अवस्थाबारे सचेत रहनुहोस् ।

इरानमा अमेरिकाको कुनै कूटनीतिक उपस्थिति छैन । अमेरिकाका लागि स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निभाउँदै आएको छ । यहाँ अमेरिकी विदेश मन्त्रालयले यूएस भर्चुअल एम्बेसी इरानमार्फत जानकारी उपलब्ध गराउँदै आएको छ ।

इरानमा करिब दुई हप्तादेखि सरकारविरुद्ध प्रदर्शन जारी छ । यसबीचमा इरान सरकारको समर्थनमा पनि र्‍यालीहरू निकालिएको ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर