Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

आपत्तिजनक टिप्पणी प्रकरणमा अफरोज आलमले मागे माफी

प्रतिक्षा खबर
२०८२ पुष ११, शुक्रबार २१:१८

राजविराज, ११ पुस — सामाजिक सञ्जालमा हिन्दु देवी–देवताबारे आपत्तिजनक टिप्पणी गरेको आरोप लागेका सप्तरीका अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि उत्पन्न विवाद समाधान भएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा भएको छलफलपछि हिन्दु सम्राट सेना सप्तरी र बजरङ्ग दलले आह्वान गरेका सबै आन्दोलन तथा बन्दका कार्यक्रम फिर्ता लिएका छन्।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको पहलमा आयोजित छलफलमा हिन्दु सम्राट सेना सप्तरी, बजरङ्ग दल, तीनवटै सुरक्षा निकायका प्रमुखहरू तथा हिन्दु–मुस्लिम समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। छलफलपछि आपसी सहमतिमा विवाद टुंगिएको जिल्ला प्रशासनले जनाएको छ।

आन्दोलनरत पक्षको मागअनुसार अफरोज आलमले जिल्ला प्रशासन कार्यालय परिसरमै सबैको सामु कान समातेर आफूबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाए। उनले मौखिक तथा लिखित रूपमा माफी मागेपछि अवस्था सामान्य बनेको हो।

विवाद समाधान भएसँगै जिल्लामा शान्ति र सद्भाव कायम भएको स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर