
जनकपुरधाम । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सरकारी निवास छाडेका छन् । उनी आज बिहानै गमलामा पानी राख्दै सरकारी निवास खाली गरेका छन् ।
मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनललाई मुख्यमन्त्री निवास खाली गर्नका लागि दिएको अल्टिमेटम समयभित्रै खाली गरेका हुन् । मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका नेता जयनुल राइन र प्रमुख सचेतक रमिता प्रधानसँग निवास व्यवस्थाका लागि आग्रह गरेका थिए । यादव मुख्यमन्त्री बनेलगत्तै मुख्यमन्त्री निवासमा दिनहुँ खाली गर्नका लागि हारगुहार गर्दै आएका थिए । तर सर्वोच्च अदालतबाट मुख्यमन्त्रीको विषयमा टुङ्गो नलागेसम्म निवास खाली गराउने पक्षमा ७ दलीय गठबन्धन रहेको थिएन ।










































































































