Advertisement
ताजा खबर

उपेन्द्र यादव भन्छन्- मधेशवादी दलहरू फेरि जुट्ने सम्भावना बढ्यो

प्रतिक्षा खबर
२०८२ भाद्र ७, शनिबार २०:४७

 

७ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै गएको बताएका छन् ।

नेपालको राजनीतिमा एकता, मिलन र विछोड सँगसँगै गइरहने विषय भएको भन्दै पछिल्लो समय मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै गएको जिकिर गरे ।

‘नेपालको राजनितिमा एकता, मिलन, विछोड यो सँगसँगै गइरहने कुरा हो । फुट पनि भइरहेको छ, जुट पनि भइरहेको छ । जुटेर फेरि फुट्ने पनि भइरहेको छ,’ उनले भने, ‘यो क्रम त नेपालको राजनीतिको विशेषता नै हो । कहिले मिल्ने, कहिले फुट्ने, कहिले फेरि जुट्ने । अब जुट्ने सम्भावना बढ्दै गएको छ ।’

विभाजन र टुटफुटकै कारण मधेशवादी दलहरूले दर्जनौं बनिसकेका छन् । हालै अनिलकुमार झाले नेपाल सद्भावना पार्टीलाई फेरि ब्युँताएका छन् ।

यसैबीच यादवले फेरि दलहरू जुट्ने सम्भावना रहेको बताएका हुन् ।

फुट्ने, जुट्ने र फेरि फुट्ने यो क्रम नेपालको राजनितिक दलहरुको  विशेषता नै रहेको यादवको भनाइ छ ।

उनले अहिलेसम्म वैचारिक, सैद्धान्तिक भन्दापनि कार्यनितिक सवाल, तत्कालिन समस्या र घटनाक्रमहरुबाट प्रभावित भएर पार्टी विभाजन हुने गरेको पनि बताए ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर