Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

नेपाल-भारत सीमा सुरक्षा बैठक : निर्वाचनअघि सीमा सील गर्ने सहमति

प्रतिक्षा खबर
२०८२ माघ २३, शुक्रबार २०:२४

२३ माघ, विराटनगर । नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको बैठकले निर्वाचनको ४८ घण्टाअघि सीमा सील गर्ने निर्णय गरेको छ । मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६ औँ डीआईजी स्तरीय समन्वय बैठक फागुन २१ को निर्वाचन भन्दा ४८ घण्टाअघिदेखि नाका सील गर्ने सहमति गरेको हो ।

बैठकमा सीमा सुरक्षा खटिएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका उच्च अधिकारी सहभागी थिए ।

बैठकले निर्वाचनको ४८ घण्टा अगावै नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सील गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

निर्वाचनको समयमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संयुक्त सीमा गस्तीलाई तीव्रता दिने र सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने समझदारी पनि भएको छ ।

छलफलका क्रममा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीहरूले साझा प्रतिबद्धता जनाएका छन् । तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश नियन्त्रण गर्ने, मानव बेचबिखन, जाली नोटको कारोबार, हातहतियारको तस्करी र लागुऔषध ओसारपसार रोक्न संयुक्त रुपमा प्रयास गर्ने सहमति पनि भएको छ ।

बैठकलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेले सीमा केवल दुई देशबीचको भौगोलिक रेखा मात्र नभई पुरानो मित्रता र सहकार्यको प्रतीक पनि भएको बताए ।

भारतीय एसएसबीका डीआईजी सरोजकुमार ठाकुरले सीमा सुरक्षा र अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्र प्रहरीसँगको सहकार्यलाई अझ मजबुत बनाउने बताए ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कुमार न्यौपाने, अन्जनीकुमार पोखरेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा सहभागी थिए । भारतीय पक्षको नेतृत्व डीआईजी सरोजकुमार ठाकुरले गरेका थिए ।

टोलीमा मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिस कुमार सहभागी थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर