Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

गौशालामा छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइ हत्याः फरार अभियुक्त पक्राउ गोपाल झा महोत्तरी, साउन २ गते

प्रतिक्षा खबर
२०८२ श्रावण २, शुक्रबार २२:२३

गोपाल झा

 महोत्तरी, साउन गते

महोत्तरी जिल्लाको गौशालामा एक युवाले आफ्नै छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेका छन् भन्ने तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

गौशाला नगरपालिका–४, रजखोर निवासी ३० वर्षीय सुरेन्द्र साहले असार २६ गते दिउँसो आफ्नै छिमेकी ५३ वर्षीय बलिराम साहमाथि पेट्रोल छर्केर आगो लगाएको आरोप लागेको छ । प्रहरीका अनुसार दुईजनाबीच लामो समयदेखि पारिवारिक तथा सामाजिक विवाद चलिरहेको थियो, जसले घटनालाई हिंसात्मक रूप दिएको हुनसक्ने अनुमान गरिएको छ ।

आगो लगाइएपछि गम्भीर रूपमा जलेका बलिरामलाई सुरुमा जनकपुर अस्पतालमा उपचार गराईएको थियो । अवस्था गम्भीर भएकोले उनलाई थप उपचारको लागि काठमाडौँस्थित बर्न अस्पताल लगिएको थियो । तर, चिकित्सकीय उपचारको क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।        घटनापछि फरार रहेका अभियुक्त सुरेन्द्रलाई खोजी कार्य तीव्र बनाउँदै आएको प्रहरीले महोत्तरीको सम्सी गाँउपालीका ६ नेपाल भारत सिमानाकाबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीले पक्राउ परेका साहमाथी थप अनुसन्धान अघि बढाएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

महोत्तरीका एसपी हेरम्ब शर्माका अनुसार, “घटनामा प्रयोग भएको पेट्रोल कहाँबाट ल्याइएको थियो, घटनाको पछाडि थप उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।” सुरेन्द्रमाथि कसुर प्रमाणित भएमा ज्यान मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको परिवारलाई न्याय सुनिश्चित गरिने र घटनामा संलग्न अन्य व्यक्ति भए अनुसन्धान गरी आवश्यक कारबाही गरिने आश्वासन दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर