
जनकपुरधाम, वैशाख १९ । नेकपा एकीकृत समाजवादीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ५१ बुन्दे मांग सहितको ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एसमा प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साह सहितको टोलीले आज मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै आफुहरुमो मांग नयाँ आर्थिक वर्षको नीतिक तथा कार्यक्रममा समेटन मांग गरेका छन
सुशासन र रोगजारी, समाजवादको तयारी’ मुल नाराका साथ आन्दोलनमा होमिएको नेकपा एसले सुशासन र रोजगारीको लागि भन्दै ५१ बुन्दे मांग सहितको ज्ञापन पत्र बुझाएका छन ।
नेकपा एसले हाल मुलुकमा इतिहासकै बलियो सरकार रहेको र सो को निर्माणको क्रममा राजनीतिक स्थिरता, सुशासन र समृद्धिको नारा दिए पनि इतिहासले सुम्पेको युगान्तकारी जिम्मेवारीलाई लत्याउदै नेताहरु स्वार्थ लिप्त, पदलोलुप र आत्मकेन्द्रित हुँदै जाँदा मुलुक विचारहिन, सिद्धान्तहिन र राजनीतिक छिनाझप्टीमा अल्झदै गएको आरोप समेत लगाएका छन ।
उनिहरुले नयाँ नीति तथा कार्यक्रममा कृषि , सिचाई , स्वास्थ्य , रोजगारी , शिक्षा लगायतको क्षेत्रमा समाजवादी रुपान्तरण हुने गरि कार्यक्रम समेत गर्न आग्रह गरेका छन ।
ज्ञापन पत्र बुझाउने क्रममा समाजवादीका नेताहरु रत्नेश्वर गोईत यादव, सुधिर साह, प्रमोद यादव, कनिस पटेल, उषा पोखरेल, लक्ष्मी देवी, किसोरी देवी दास लगायत को उपस्थिति रहेको थियो ।






































































































