अवैध रुपैयाँ सहित भारतीय नागरिक पक्राउ


मलंगवा, बैशाख १४ । सर्लाहीबाट ठूलो परिणामको अवैध रुपैयाँ सहित भारतीय नागरिक पक्राउ परेका छन् । मलंगवा नगरपालिका–६ खुटौनाबाट स्रोत नखुलेको ३२ लाख रकम सहित एक भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्लाको कुनौली बस्ने ४० बर्षिय शम्भु साह रहेका छन् । आईतवार बिहान ७ बजेको स्मयमा खुटौना नाका भएर भारतबाट आउदै गरेको बीआर ०६ सिटी २४२२ नम्वरको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा ३२ लाख रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post