Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

कुलमानको रिटमा सुनबाइ हुँदै

प्रतिक्षा खबर
२०८१ चैत्र १९, मंगलवार १३:२६

काठमाडौँ, चैत १९ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ र कार्यकारी निर्देशकमा नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश डा. कुमार चुडाल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ।

चैत ११ गते सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्च अदालत गएका थिए। शाक्य भने चार वर्षअघि आफू बर्खास्तीमा परेको रिटको छिटो सुनाइको माग गर्दै अर्को रिट लगेर चैत ११ गते नै सर्वोच्च गएका थिए। अहिले घिसिङको रिटमाथि सुनाइ सुरु भएको छ। घिसिङको रिटमाथि सुनाइ सकिएपछि शाक्यको रिटको सुनाइ हुनेछ।

यसअघि चैत १७ गते दुवै जनाको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा परेपनि हेर्न नमिल्ने परेको थियो।

चैत्र १५ गते अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटमा ‘कारण देखाऊ’ आदेश दिँदै अन्तरिम आदेशको छ्लफलका लागि चैत्र १७ गतेलाई बोलाएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर