Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बाबुराम, सीके र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार १६:२६
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिकी नेतृ मानुषी यमी भट्टराईले  नागरिक जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा पुगेर पार्टी एकताका लागि शुभकामना दिएका छन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक शुक्रवारदेखि सुरु भएको छ ।

आज दोस्रो दिनको बैठकमा पुगेर राउत र भट्टराईले शुभकामना दिएका हुन् । बैठकमा शुभकामना दिनका लागि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईलाई आग्रह गरिएको थियो । तर भट्टराईले छोरी मानुषीलाई पठाएर शुभकामना दिन लगाएका हुन् ।

यसरी शुभकामना दिन आउनुको सङ्केतले तीन दल बिचमा एकता गर्ने तयारी भइरहेको पुष्टि गरेको छ । एकताका लागि डा.सिके राउत र रेशम चौधरीले अध्यक्ष भट्टराईसँग प्रस्ताव गरिसकेका छन् ।  एकताप्रति अध्यक्ष भट्टराई सकारात्मक रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बताए ।

उनले आजको केन्द्रीय समिति बैठकमा नै अध्यक्ष भट्टराई एकताप्रति सकारात्मक रहेको बताएका छन् । उनले भट्टराईको भनाई उद्धृत गर्दै भने, ‘तपाईंहरु एकता गरेर अगाडि बढ्नुस् म पनि पछि पछि आइपुग्छु भन्नुभएको छ ।’

संरक्षक चौधरीले जनमुक्ति पार्टीसँग एकीकरणको प्रक्रिया अगाडि बढी सकेको समेत बताए । एकीकरणको कुरा अगाडि बढ्दा धेरैले लक्ष्मण थारु र विजयकुमार गच्छदारको जस्तो पार्टी नबिसाउनुहोला भन्ने सुझाव समेत आइरहेको उनको भनाई छ । उनले नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग पार्टी नबिसाएको दाबी समेत गरे ।

जनमत पार्टीका अध्यक्ष राउतले रेशम चौधरीसँग धेरै पहिलादेखि एकीकरणका लागि कुराकानी भइरहेको बताए ।  ‘२०७९ को चुनावभन्दा पहिला नै एकीकरण भएको भए मधेसमा यो भन्दा राम्रो नतिजा आउँथ्यो र पार्टी देशको नेतृत्वमा पुग्थ्यो’ राउतले भने, ‘३२ सीटले देशको नेतृत्व गर्न सक्छ भने थारु र मधेसीको छोराले पनि देशको नेतृत्व गर्न सक्थ्यो । अब त्यस्तो गल्ती गर्न हुँदैन चाँडै नै एकीकरण गरेर अगाडि बढ्नुपर्छ ।’

एकताका लागि सबै कुरामा सहमति हुने बताउँदै उनले कसैलाई कुनै प्रकारको दबाब नहुने समेत बताए । उनले नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई गर्व गर्न लायकको व्यवस्था गर्ने समेत स्पष्ट पारे । उनले भने, ‘तपाईंहरुलाई ढकियामा नै गर्व गर्न लगाउँछौँ ।’

एकीकरण गरेर देशको ठुलो शक्ति बनेर नेतृत्व गर्ने बताउँदै उनले एकीकरणका लागि अब ढिला गर्न नहुने बताए ।  संरक्षक चौधरीले पनि एकताका लागि ढिलो गर्न नहुने भन्दै त्यसका लागि चाँडै नै प्रक्रिया पुरा गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उनले आफू पनि राउतजस्तै अमेरिकाबाट नेपाल सम्झेर फर्केको बताउँदै काठमाडौँमा महिनाको एक हजार रुपैयाँ घर भाडा तिर्ने हैसियत नभएका बेला रेडियोमा काम गर्दै अघि बढेर यहाँसम्म आइपुगेको स्मरण गरे ।

‘देशका लागि सङ्घर्ष गर्दै यहाँसम्म आएको हुँ’ उनले भने, ‘जनमत पार्टीसँग एकीकरण गरेर पदमा बस्न चाहँदिन बरु मधेसी, जनजातिहरुका लागि लड्छु’ चौधरीले भने, ‘मलाई एउटै मात्र चाहना छ देश बनाउने, देश बनाउँदा बनाउँदै नेपालमै मर्ने चाहना । उपेन्द्र यादव र अशोक राईले हिमाल, पहाड, तराई जोड्ने सपना देख्नुभएको थियो । उहाँहरूले सक्नुभएन हामीमाथि पनि अहिले त्यस्तै शङ्का गरिएको छ तर त्यसो हुन दिँदैनौ ।’

जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता गर्दा हात मिलाएर मात्र नहुने मन पनि मिल्नुपर्ने बताउँदै उनले आफू र सिके राउतको मन मिलिसकेको बताए । दुवै दलले एकताका लागि कार्यदल गठन गरिसकेको र चाँडै एकताको घोषणा हुने समेत उनले बताए । उनले एकताका लागि वार्ता काठमाडौँमा होइन पश्चिम मधेसको बर्दिया र पूर्वी मधेसको कुनै मुसहर बस्तीमा गर्न अध्यक्ष राउतसँग समेत प्रस्ताव गरे ।

एकताका लागि दुवै पार्टीले कार्यदल गठन गरिसकेका छन् । नागरिक उन्मुक्ति पार्टीकाे आजको बैठकले त्यसको आधिकारिक घोषणा गर्नेछ । चौधरी र राउतले तयार गरेको सहमतिको दस्ताबेजबारे बैठकमा छलफल हुँदैछ । बैठकले पार्टी एकताका लागि आधिकारिक निर्णय गर्ने सो पार्टीका नेता एवं सांसद गंगाराम चौधरीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर