Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पूर्व राज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट

प्रतिक्षा खबर
२०८१ श्रावण ९, बुधबार १४:०९

९ साउन,  पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जानकारी दियो । ‘अनुसन्धान लगभग सकिसकेको छ । हत्या गर्ने व्यक्ति उनकै घरमा काम गर्ने युवक रहेको खुलेको छ’, एक अनुसन्धान अधिकृतले  भने ।

हत्या गर्दा ती युवकले लगाएका कपडाहरु समेत लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जानकारी दियो । रगत लागेको अवस्थामा ती कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरले गरेको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार बरामद भएको थियो ।

यसअघि पूर्वराज्यमन्त्री रायको हत्या भएको राति साढे ९ बजेतिर रायको घरमा तीन जना मान्छे जग्गाको विवाद मिलाइदिन भन्दै आएको बयान राम उजैनले प्रहरी समक्ष दिएका थिए ।

त्यसपछि ती तीन जना व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गर्दा तीन जना व्यक्ति नआएको र रामउजैनले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसइबीका कारण हत्या भएको बताइए पनि थप अनुसन्धान जारी रहेकाले अहिले केही बताउन नमिल्ने प्रहरी स्रोतले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि सीआईबीबाट इन्सपेक्टरसहतिको टोली समेत खटिएको थियो । जिल्ला र मधेश प्रदेशबाट समेत टोली खटिएर घटनाको अनुसन्धान गरेका थिए ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा खेती लगाउन गएका बेला आइतबार राति उनको हत्या भएको थियो । ८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर