Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

सट्टेबाजी गराउने भारतीय गिरोह नै नेपालमा

प्रतिक्षा खबर
२०८१ मंसिर २०, बिहीबार १९:१८

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । मङ्सिर १७ पछि पक्राउ परेका उनीहरू सबै भारतीय हुन् ।

पक्राउ पर्नेमा सुमन घोस, अमित यादव, ब्रजेशकुमार कुसवाह, सुमन्त कुमार, सन्दीपकुमार सिंह, प्रियन्सुकुमार सिंह र रोहित शर्मा छन् । उनीहरुले एनपिएल प्रतियोगिता भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले  बताए ।

मैदानमा बसेर रिजल्ट आफैँले हेरेर बाजी लगाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मैदानको दृश्य टेलिभिजनबाट प्रसारण हुँदा केही समय लाग्ने हुनाले सट्टेबाजहरुले मैदानमा मान्छे खटाएर नै बाजी लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘प्रत्येक बलको नतिजा मैदानमा बस्नेहरूले मुख्य एजेन्टलाई फोन अथवा म्यासेज मार्फत भन्छन्, करिब ५ सेकेन्डमा उनीहरुले लाखौँको बाजी लगाउने गरेको भेटिएको छ ।

रिजल्ट आफूले पहिले नै थाहा पाएर मूल्य धेरै दिँदा कमाउने आशामा खेल्नेहरूले लाखौं गुमाउने गरेका छन् । मैदानको नतिजा टेलिभिजनबाट प्रसारण हुँदा करिब ५ सेकेन्ड लाग्ने र त्यही बिचमा उनीहरूले लाखौँको हारजित हुनेगरी बाजी लगाउने गरेको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी उपरीक्षक बोगटी भन्छन्, ‘मैदानबाट रिजल्ट हेरेर सट्टेबाजहरुले बाजी लगाउँदा धेरै मानिसहरू ठगिने सम्भावना बढेको देखिएको छ ।

सट्टेबाजी गराउन भारतीय गिरोह नै नेपालमा आएको प्रहरीको आशङ्का छ । अहिले पक्राउ परेका ७ जना नेपाल प्रिमियर लिग सुरु भएसँगै काठमाडौँमा आएका हुन् । उनीहरूको साथबाट बरामद भएको ९ थान मोबाइलको फरेन्सिक जाँच गरेर मुख्य एजेन्टसम्म पुग्नेगरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म पक्राउ परेकाहरू कोलकत्ता, झारखण्ड, उत्तर प्रदेश र बिहारका छन् ।

आरोपीहरूले दुई वटा एपको प्रयोग गरेर सट्टेबाजी गराएका छन् । भारतीय एप स्पोर्टस् बाजी र प्रोबो मार्फत उनीहरुले सट्टेबाजी गराउने गरेको अनुसन्धानमा संलग्न इन्स्पेक्टर शेखर खड्काले बताए । उनले भने, ‘अहिले पक्राउ परेकाहरूले दुई वटा एप प्रयोग गरेको देखिन्छ ।

त्रिवि क्रिकेट मैदानमा सट्टेबाजी गराउने प्लेटफर्म जस्दै देखिने विज्ञापन राखिएको छ । ‘वुल्फ ७७७’ र ‘बिजे ८८’ बेटिङ गराउने प्लेटफर्म हुन् । सो प्लेटफर्मसँगै मिल्ने तर, पछाडि न्युज तथा स्पोर्टस् जोडिएको विज्ञापन मैदानमा देखिन्छ ।

बिजे–८८ सँग मिल्दोजुल्दो बिजे स्पोर्टले विराटनगर किङ्गसलाई प्रायोजन नै गरेको छ । बेटिङ प्लेटफर्म र मैदानमा राखिएको विज्ञापन कम्पनीको ‘कनेक्सन’ बारे अनुसन्धान भइरहेको एसपी बोगटीले बताए । उनले भने, ‘त्यसबारे पनि हामी अनुसन्धान गर्दैछौँ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर