Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सरकारलाई धम्काएर योजना बिक्री गर्ने दाउमा कांग्रेस संसदीय दलका नेता कृष्णा यादव

प्रतिक्षा खबर
२०८१ फाल्गुन २८, बुधबार १३:५६

जनकपुरधाम, फागुन २८ । मधेश प्रदेश सरकारका योजनाहरु दलाल मार्फत बिक्री भइरहेको भन्दै छानविनको माग गर्ने नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले प्रदेशका अधिकांश योजनाको चिठ्ठी कब्जा गरी बिक्री गर्ने दाउमा लागेको आरोप लागेको छ ।

केहि दिनअघि मात्रै प्रदेशका केहि मन्त्रीले दलाल मार्फत योजना बिक्री गर्ने गरेको भनी सत्तासाझेदार दल भएकै आधारमा यस्ता विकृतिजन्य गतिविधिको साक्षी भएर नेपाली कांग्रेस बस्न नसक्ने भन्दै कांग्रेस सभापति यादवले विज्ञप्ती नै जारी गरी चेतावनी दिएका थिए ।

तर कांग्रेस सभापति कृष्ण प्रसाद यादवले एकातर्फ गलत गतिविधिको साक्षी आफुहरु नहुने बताउने गरेको र अर्कोतर्फ उनी आफै आफना नजिकका व्यक्तिहरु मार्फत भौतिक पूर्वाधार विकास लगाएत विभिन्न मन्त्रालयका अधिकांश योजना हत्याएर कमिशनमा बिक्री गर्ने दाउमा लागेको श्रोतले जनाएको छ ।

प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आफना गृह जिल्ला रौतहट सहित अन्य जिल्लाका पनि योजनाहरुको अधिकांश चिठी आफै हत्याउन खोजेको रहस्य खुलेको छ ।

प्रदेशमा कांग्रेसको भागमा अर्थ मन्त्रालय परेको छ भने एमालेको भागमा भौतिक पूर्वाधार मन्त्रालय परेको छ । कांग्रेसबाट सभापति कृष्ण यादवकै विश्वासपात्र रहेका सुनिल यादव भन्ने जितेन्द्र कुमार यादव अर्थ मन्त्री छन भने नेकपा एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री रहेका छन् ।

अर्थ मन्त्रालय भएर नै अन्य सबै मन्त्रालयमा योजनाहरुको रकम जाने गरेका कारण अर्थ मन्त्रालयलाई पावरफूल एवं महत्वपूर्ण मन्त्रालयको रुपमा लिइन्छ । अर्थ मन्त्रालय कांग्रेसकै रहेको कारण कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले अर्थ मन्त्रालयको धाक देखाएर भौतिक पूर्वाधार सहित अन्य मन्त्रालय अन्तर्गतका विभिन्न जिल्लाका अधिकांश योजनाहरुको चिठी आफुलाई मात्रै दिन मन्त्रीहरुलाई अनावश्यक दबाब दिने गरेको बताइएको छ ।

कांग्रेस सभापति यादवले रौतहट लगाएत अरु जिल्लाको पनि अधिकांश योजनाको चिठी आफुलाई मात्र दिन भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवलाई दबाब दिइरहेको श्रोतको दावी छ ।

कांग्रेस नेता कृष्ण प्रसाद यादवले भौतिकको योजनाको चिठी आफुलाई मात्र दिन भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवलाई दबाब दिएपनि मन्त्री सरोज यादवले चिठी दिन उनलाई इन्कार गर्दा कांग्रेस सभापति यादवले भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवलाई बदनाम गराउन लागि परेको श्रोतको भनाई छ ।

श्रोतका अनुसार कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले रौतहटको योजनाहरुको सबै चिठी आफै लिएर बिक्री गर्न खोजेका छन तर उनको सो योजनामा भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले ब्रेक लगाइदिएपछि उनी छटपटिएर भौतिक पूर्वाधार मन्त्रालयलाई बदनाम गर्न अनेक प्रोपञ्च रचेका छन् । कांग्रेस सभापति यादवले भौतिक सहित अन्य मन्त्रालयको पनि अधिकांश योजनाको चिठी कब्जा गरी योजना बिक्री गर्ने दाउमा लागेको बुझिएका छ ।

सानो दल जनमत पार्टीबाट मुख्यमन्त्री रहेको कारणले पनि उनी कांग्रेस बाहेकका दलको मन्त्रालयहरुको पनि योजना आफै कब्जा गरी कमिशनमा बाड्ने दाउपेचमा लाग्दा प्रदेशका मन्त्रीहरुमा व्यापक असन्तुस्टि बढेको सरकारमै रहेका जनमत, एमाले र लोसपाका नेताहरु बताउँछन् ।

योजनाहरुको चिठी आफनो हिसावले र आफुले भनेको आधारमा नदिइए अर्थ मन्त्रालयबाट रकम नै रोक्का गरिदिने उनले सरकारका मन्त्रीहरुलाई धम्क्याउने गरेको नाम उल्लेख नगर्ने शर्तमा प्रदेशका एक जना मन्त्रीले बताएका छन् ।

सभापति यादवले आफना विश्वास्पात्र अर्थ मन्त्री सुनिल यादव भन्ने जितेन्द्र कुमार यादव मार्फत भौतिक पूर्वाधार लगाएतका मन्त्रालयको अधिकांश योजनाको चिठी आफै कब्जा गर्न खोजेको नाम उल्लेख नगर्ने शर्तमा नेपाली कांग्रेसकै सप्तरीका एक जना नेता बताउँछन् ।
सभापति यादवले अर्थ मन्त्रालयको फाइदा उठाउँदै एमाले, जनमत लगाएत दलको भागमा परेको मन्त्रालयको विभिन्न जिल्लाका आकर्षक योजनाहरुमा गिद्धे नजर लगाएका छन् । कांग्रेस सभापति कृष्ण यादवको यो कार्यशैलीबाट प्रदेशका मन्त्रीहरुमा व्यापक असन्तुस्टि बढेको श्रोत बताउँछन ।

जसको पुष्टि कांग्रेसकै मधेश प्रदेश उपसभापति विरेन्द्र सिंहको भनाईले गर्छ । आफना मन्त्रालय बाहेक अरु दलको मन्त्रालयको समेत योजना कांग्रेस नेता कृष्ण यादवले आफै हत्याउन मन्त्रीहरुलाई अनावश्यक दबाब दिने गरेका कारण काम गर्न समस्या भइरहेको एक जना मन्त्री बताउँछन् ।

सानो दल जनमत पार्टीबाट मुख्यमन्त्री रहेको कारणले पनि उनी कांग्रेस बाहेकका दलको मन्त्रालयहरुको पनि योजना आफै कब्जा गरी कमिशनमा बाड्ने दाउपेचमा लाग्दा प्रदेशका मन्त्रीहरुमा व्यापक असन्तुस्टि बढेको सरकारमै रहेका जनमत, एमाले र लोसपाका नेताहरु बताउँछन् ।

कांग्रेस प्रदेश सभापति कृष्ण यादवले आफना व्यक्तिगत स्वार्थ पुरा गर्न अर्थ मन्त्री सुनिल यादव भन्ने जितेन्द्र कुमार यादवको पनि राजनीतीक भविष्य समाप्त पार्ने काम गरेको धनुषाका एक जना कांग्रेसका नेताले बताए ।

मुख्यमन्त्री सतिश कुमार सिंहले सत्तासाझेदार दलका नेताहरु व्यक्तिगत स्वार्थपूर्तिमा लागेका कारण आफुले सोचे अनुसार काम गर्न नसकिरहेको बताउँने गरेका छन् । प्रदेशमा चार दल मिलेर सरकार बनाएको कारण आफुले चाहेर पनि सोचे र जनताको चाहना अनुसार काम गर्न नसकिरहेको मुख्यमन्त्री सिंह बताउँछन ।

ठुला दलको अनावश्यक हस्तक्षेप र बाधा अवरोधका कारण प्रदेशमा आफुले सुशासन र समृद्धि ल्याउन नसकेको उनले बेला बेलामा अभिव्यक्ति दिने गर्छन । सभापति यादवले नेपाली कांग्रेसको भागमा परेको अर्थ मन्त्रालयको योजनाहरुको १० प्रतिशतमा खुल्यायम चिठी बिक्री गर्ने गरेको पनि श्रोतको दावी छ ।

उनले कांग्रेसका मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादव लगाएत अन्य दलाल मार्फत अर्थ मन्त्रालयको योजनाहरुको चिठी कमिशनमा बेच्ने गरेको आरोप लागेको छ । यसअघि पनि कृष्ण यादव प्रदेशको भौतिक पूर्वाधार मन्त्री रहेका बेला मन्त्रालयको अधिकांश योजना कमिशन लिएर बिक्री गरेको तथ्य बाहिरिएको थियो । त्यति नगद पैसा नहुनेसंग बलैंक अर्थात सदा चेक लिएर पनि उनले योजना बिक्री गरेका थिए तर केहिदिन मै मन्त्री पद खोसिएपछि उनले कमिशन वापत लिएका चेकहरु सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको समाचारहरु आएका थिए ।

कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले यसरी दलाल मार्फत बिक्री गर्ने गरेका योजनाहरु सञ्चालन गर्दा रौतहट स्थित गढिमाई नगरपालिका–४ मा आफैले सञ्चालन गरेको आफनै क्रसर उद्योगबाट बालुवा, ढुंगा, गिट्टि र मिसग्रेवल लैजान उपभोक्ता समितिका पदाधिकारीहरुलाई दबाबा दिने गरेको पाइएको छ ।

प्रदेशका योजना विक्री गर्नेदेखी लिएर उनले आफनै क्रसरबाट बालुवा, ढुंगा, गिट्टि र मिसग्रेवल खरिद गर्न दबाब दिने गरेका छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार सहित अन्य मन्त्रालय अन्तर्गतको योजनाहरु कब्जा गर्न खोजेपनि मन्त्रीहरुले यादवलाई चिठी दिन नमान्दा कृष्ण प्रसाद यादवको योजनाको चिठी कब्जा गरी बिक्री गर्ने योजना असफल भएको छ ।

प्रदेशका अधिकांश योजनाहरु कब्जा गर्न नपाएपछि कृष्ण प्रसाद यादव अहिले कहिले भौतिक पूर्वाधार मन्त्री त कहिले अन्य मन्त्रीहरु योजना खरिद विक्रीमा लागेको भनी आरोप लगाउने गरेको बताइन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर