Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सीके राउत नेतृत्वको जनमतले केन्द्रीय समितिको मुखमा हटायो २ केन्द्रीय नेता

प्रतिक्षा खबर
२०८१ फाल्गुन २५, आईतवार १४:००

कोषाध्यक्ष सुरेन्द्र नारायण यादव (बायाँ) र अनुशासन समितिका केन्द्रीय संयोजक दीपक साह ।

२५ फागुन, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक अघि अनुशासन समितिको संयोजक र कोषाध्यक्षलाई पदबाट हटाएको छ ।

अनुशासन समितिका केन्द्रीय संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन हो ।

अनुशासन समितिका संयोजक साहलाई हटाइएको हुँदा कोषाध्यक्षलाई हटाउँदा अनुशासन समिति सदस्य अनिता कुमारी मण्डलले यादवलाई हटाएकी छन् ।

अनुशासन समितिका संयोजक साह महोत्तरीको बर्दिबासमा रहेर पनि केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएका छैनन् । जनमतको केन्द्रीय समितिको बैठक आजदेखि बर्दिबासमा सुरु भएको छ । साहले  भने, ‘म बर्दिबासमा छु । केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएको छैन । डा. साब (सीके राउत) को मनमा के हुन्छ ? मैले के भन्नु र ?’

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार अनुशासन समितिको संयोजकलाई एक साताअघि नै निलम्बन गरिएको हो । केन्द्रीय कोषाध्यक्ष यादवलाई हटाउँदा चार बुँदेमा आर्थिक अनियमितता र निर्वाचनमा पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघमा आबद्ध रहेका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता रकम उठाएको उनलाई आरोप लगाइएको छ ।

गत निर्वाचनमा उपल्लो तहका नेता कार्यकर्ताहरूलाई भड्काएर, निष्क्रिय बनाउन लगाइ अध्यक्ष राउत हराउने गरी कोषाध्यक्ष यादवले भूमिका खेलेकोले निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

कोषाध्यक्षमा निलम्बनमा परेका यादवले भने विदेशबाट रोजगारी छोडेर पार्टीका लागि स्वदेश फर्किएको बताए । ‘कसैको पैसा खान मलाई जरुरी छैन । आफैं सक्षम छु । अहिले इमेज खराब गराइदिने काम अध्यक्ष स्वयंले गर्नुभयो’, यादवले भने ।

अध्यक्ष राउतले साइड लगाउने काम निरन्तर गरिरहेको उनको भनाइ छ । ‘पार्टीको लागि सन् २०१० देखि पाँच करोड सहयोग गरें । आफ्नो दाइ जयकान्त राउतलाई सबै ठाउँमा स्थान दिन मलाई साइड लगाउनुभयो,’ यादवले भने, ‘पद अनुसारको भूमिका खोज्न थालेपछि मलाई हटाउनु भयो ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर