Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते

प्रतिक्षा खबर
२०८१ फाल्गुन १६, शुक्रबार २१:३८

१६ फागुन,  पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएका छन् ।

उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक विद्यालय भित्र रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो । शुक्रबार प्रार्थनाको दिन भएकाले मदरसामा धेरेजना जम्मा भएका थिए ।

पाकिस्तानी सञ्चारसंस्थाहरूले जनाएअनुसार घाइतेहरूलाई सुरक्षाकर्मीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका छन् । घाइतेमा केही बालबालिका पनि छन् ।

मदरसामा बसेर अध्ययन गर्ने बालबालिका र प्रार्थनाका लागि पुगेकाहरूलाई लक्षित गरेर विस्फोट गराइएको सञ्चारमाध्यमहरूले जनाएका छन् । विस्फाेटकाे जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी चलिरहेको छ । विस्फोटको घटनापछि पाकिस्तानमा पुनः खेलाडीको सुरक्षालाई लिएर चिन्ता व्यक्त हुन थालेको छ ।

एसोसिएटेड प्रेसका अनुसार अफगान तालिबानसँगको सम्बन्धका लागि चिनिने हक्कनियामा भएको आक्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन ।

बम विष्फोट मुस्लिम पवित्र महिना रमजानको अगाडि भएको छ, जुन चन्द्रमा देखिएपछि शनिबार वा आइतबार सुरु हुने अपेक्षा गरिएको छ । सो मदरसामा करिब चार हजार विद्यार्थी अध्ययन गर्ने गर्छन् । त्यहाँ सबैलाई निःशुल्क खाना र बास र शिक्षाको सुविधा दिइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर