Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते

प्रतिक्षा खबर
२०८१ फाल्गुन १६, शुक्रबार २१:३८

१६ फागुन,  पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएका छन् ।

उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक विद्यालय भित्र रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो । शुक्रबार प्रार्थनाको दिन भएकाले मदरसामा धेरेजना जम्मा भएका थिए ।

पाकिस्तानी सञ्चारसंस्थाहरूले जनाएअनुसार घाइतेहरूलाई सुरक्षाकर्मीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका छन् । घाइतेमा केही बालबालिका पनि छन् ।

मदरसामा बसेर अध्ययन गर्ने बालबालिका र प्रार्थनाका लागि पुगेकाहरूलाई लक्षित गरेर विस्फोट गराइएको सञ्चारमाध्यमहरूले जनाएका छन् । विस्फाेटकाे जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी चलिरहेको छ । विस्फोटको घटनापछि पाकिस्तानमा पुनः खेलाडीको सुरक्षालाई लिएर चिन्ता व्यक्त हुन थालेको छ ।

एसोसिएटेड प्रेसका अनुसार अफगान तालिबानसँगको सम्बन्धका लागि चिनिने हक्कनियामा भएको आक्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन ।

बम विष्फोट मुस्लिम पवित्र महिना रमजानको अगाडि भएको छ, जुन चन्द्रमा देखिएपछि शनिबार वा आइतबार सुरु हुने अपेक्षा गरिएको छ । सो मदरसामा करिब चार हजार विद्यार्थी अध्ययन गर्ने गर्छन् । त्यहाँ सबैलाई निःशुल्क खाना र बास र शिक्षाको सुविधा दिइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर