• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

ओली सरकारद्वारा जारी ६ अध्यादेश एक महिनासम्म अलपत्र


ओली सरकारद्वारा जारी ६ अध्यादेश एक महिनासम्म अलपत्र

काठमाडौँ । सरकारले विभिन्न मितिमा जारी गरेर संघीय संसद्‍मा पेस गरेका ६ वटा अध्यादेश एक महिनासम्म अलपत्र परेका छन् ।

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले १८ माघमा १४ पुसमा जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २९ पुसमा जारी भएका सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र २ माघमा जारी भएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश संघीय संसदमा पेस गरेको थियो ।

तर ती अध्यादेश हालसम्म स्वीकृतिका लागि निर्णयार्थ पेस नभएका हुन् । प्रतिनिधिसभा बैठक मंगलबार बसेर २१ फागुन बुधबार दिनको एक बजेसम्मका लागि स्थगित भएपछि सरकारका अध्यादेश एक महिनासम्म संसद्‍मै अलपत्र हुने निश्चित भएको हो ।

ओली नेतृत्वको सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले जारी भएकामध्य भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलाई नस्वीकार्ने निर्णय गरेपछि सबै अध्यादेश अलपत्र परेका हुन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश फिर्ता नलिएसम्म अन्य अध्यादेश स्वीकार्न नसक्ने बताएर विदेश भ्रमणमा निस्किएका छन् ।  दुबई गएका यादव १२ फागुनमा फर्किसकेका छन् । तर, उनीसँग अहिलेसम्म अध्यादेशबारे सरकारले छलफल गरेको छैन ।

जसपा नेपाल र लोसपाका माग सम्बोधन गरेर भूमिसम्बन्धी अध्यादेश परिमार्जन गर्न ३ फागुनमा बसेको सत्तारुढ ७ दलको बैठकले सत्तारुढ सबै दलका एक एक जना प्रतिनिधि सदस्य रहने गरी कार्यदल बनाउने निर्णय गरेको थियो । तर, भूमिसम्बन्धी अध्यादेश परिमार्जन होइन, फिर्ता लिनुपर्छ भन्ने अडान राख्दै अध्यक्ष यादव विदेश भ्रमणमा निस्किएपछि निर्णयार्थ प्रस्तुत हुन नपाइ संसद् सचिवालयमा नै अध्यादेश अलपत्र परेका हुन् ।

त्यसपछि न अध्यादेशमा रहेका कन्टेन्टलाई परिमार्जन गर्न सरकारले कार्यदल बनायो, न अध्यादेश फिर्ता नै लियो । न संसद्मा छलफलका लागि अहिलेसम्म निर्णयार्थ पेस गर्न सकेको छैन । भूमिसम्बन्धी अध्यादेशमा जुट्न नसकेको सहमतिका कारण सबै सत्तारुढ दल सहमत रहेका अन्य पाँच अध्यादेश पनि सरकारले संसद्‍मा निर्णयार्थ प्रस्तुत गर्न सकिरहेको छैन ।

भूमिसम्बन्धी अध्यादेशमा देखिएको विमतिका कारण सरकारले २४ माघ,  ६ फागुनमा निर्णयार्थ प्रस्तुत गर्नका लागि गरेको तयारी अन्तिममा रोकेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागुनमा सत्तारुढ दलहरूको बैठक बसालेर ६ फागुनमा संघीय संसदका संसद्का दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयसमेत गरेका थिए ।

सरकारले ल्याएका अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र पारित गरेर कानुन बनाउनु पर्ने कानुनी व्यवस्था छ । तर, १८ फागुनमा संसद्को अधिवेशन सुरु भएको एक महिना पुग्ने भए पनि २१ फागुनसम्म छलफलका लागि स्वीकृति प्रदान गर्न निर्णयार्थ प्रस्तुत नहुने निश्चित भएको छ

प्रतिनिधिसभामा सहज बहुमत भएको सत्ता गठबन्धनको राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशबाट हात झिकेकाले बहुमत पुग्दैन । जसका कारण सरकारले दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस गर्न सकिरहेको छैन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१४ फाल्गुन २०८१, बुधबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१४ फाल्गुन २०८१, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१४ फाल्गुन २०८१, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१४ फाल्गुन २०८१, बुधबार
Next Post

ट्रम्पले बराबरी भन्सार लगाउँछु भनेपछि तनावमा भारत

गाउँपालिका अध्यक्ष यादवले गरे मन्दिर निर्माणकाे शिलान्यास

गाउँपालिका अध्यक्ष यादवले गरे मन्दिर निर्माणकाे शिलान्यास


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh