Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

कुम्भ मेलाबाट फर्कि‌एका नेपाली चढेको गाडी दुर्घटना हुँदा ४ को मृत्यु, ६ गम्भीर

प्रतिक्षा खबर
२०८१ फाल्गुन १०, शनिबार १७:१३

१० फागुन, जनकपुरधाम । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनमा परेर ६ नेपाली गम्भीर घाइते भएका छन् ।

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका हुन् । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादव छन् ।
दुर्घटनामा परेर सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादवको पनि ज्यान गएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्र बस्नेतले कञ्चनरुपका तीन जनाको मृत्यु भएको तथा अन्य तीन जना घाइते भएको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको बताए ।

उनका अनुसार दुर्घटनामा शिक्षक उपेन्द्र चौधरी, जितु यादवलगायत छन् । घाइतेमध्ये दुईजना उदयपुरका पनि छन् । सबैको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले बताएको डीएसपी बस्नेतले जानकारी दिए ।

घाइतेहरूको गोरखपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि पनि भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको थियाे । पाँच जना घाइते भएका थिए । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्माको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर