Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

कुम्भमेलामा स्नान गर्न गएका तिर्थालुको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८१ फाल्गुन ५, सोमबार १४:०१

बुटवल । रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन् ।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।  देवदह नगरपालिकाका   प्रवक्ता गणेश डुम्रेले ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको रातोपाटीलाई बताए ।

उनले  भने, ‘पूर्व वडाध्यक्ष पनि अर्को गाडीमा जानुभएको रहेछ । उहाँको पनि मृत्यु भएको  हामीले  पनि  थाहा पाएका छौँ, अन्य कुरा बुझ्ने काम हुँदैछ ।’

दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । जिल्ला  प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले  ३ जनाको मृत्यु भएको भारतीय  प्रहरीले पुष्टि गरेको जानकारी दिए । घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको उनले रातोपाटीलाई बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर