Advertisement
ताजा खबर

देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुगे

प्रतिक्षा खबर
२०७७ भाद्र १२, शुक्रबार १७:१७

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ १२ गते
कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरैको निधन भएको छ । शुक्रबार नेपालमा एकै दिन १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
देशका विभिन्न जिल्लामा ४ महिला र ८ पुरुष गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार मोरङका ५६ र ६५, भक्तपुरका ६४ र मकवानपुरका ७१ वर्षीया महिलाको कोरोना संक्रमण मृत्यु भएको छ । त्यस्तै, उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५ सिराहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय पुरुषको निधन भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १९५ पुगेको छ । कुल संक्रमितमध्ये ०.५३ प्रतिशत संक्रमितको निधन भएको तथ्यांक मन्त्रालयसँग छ ।
संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । यसमध्ये २० हजार ३४३ जना निको भएका छन् भने १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर