• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपेन्द्रले नमान्दा सरकारलाई सकस


उपेन्द्रले नमान्दा सरकारलाई सकस

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य भएको छ ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेशमाथि छलफल हुने कार्यसूची थियो । जसपा नेपालका अध्यक्ष यादवले अध्यादेशका सवालमा साथ नदिने भएपछि सरकार पछाडि हटेको हो

अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । उक्त भेटमा सहमति नजुटेपछि सरकारले सदनमा अध्यादेशलाई अगाडि नबढाएको हो ।

संसदीय दलको बैठकमा पनि अध्यक्ष यादवले अध्यादेशको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए ।

उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशको बारेमा अध्ययन गरी बिहीबार प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनले पनि अध्यादेश मधेसको पक्षमा नरहेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव दिएको छ ।

अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको संसदीय दलको बैठक विनानिष्कर्ष सकियो

जसपा नेपाल राष्ट्रिय सभामा निर्णायक छ । जसपा नेपालले साथ नदिए राष्ट्रिय सभामा सत्ता पक्षले अध्यादेश पारित गर्न सक्दैन ।

जसपा नेपालका महासचिव रामकुमार शर्माले आफ्नो पार्टीले अडान नछाडेका कारण दुई तिहाइ नेतृत्वको सरकार पछाडि हट्न बाध्य भएको बताए । सामाजिक सञ्जाल र भूमि सम्बन्धी अध्यादेश कसैको हितमा छैन भन्दै उनले जसपा नेपाल देश र मधेसको पक्षमा उभिएको कारण आज सरकार पछाडि हट्न बाध्य भएको दाबी गरे ।

कांग्रेस र एमाले गठबन्धन सरकारले यसबारे जसपा नेपालसँग अझै छलफल गर्न चाहेको छ । त्यही भएर प्रतिनिधि सभा र राष्ट्रिय सभाको सूचीबाट तत्कालका लागि हटाएको स्रोतले दाबी गरेको छ

जसपा नेपालले मधेस प्रदेश सरकारको नेतृत्व खोजेको छ । त्यस अवस्थामा पनि अध्यादेशलाई संशोधनविना पास हुन नदिने जसपा नेपालको अडानपछि सहमति हुन नसकेको बताइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनको कारणबारे पनि प्रधानमन्त्री ओली र सभापति देउवासँग प्रश्न गरेका थिए । जसपा नेपाल विभाजनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यसमा सरकारले के गरिरहेको छ, त्यसमा किन ढिलाइ भएको भनी दुवै जनासँग अध्यक्ष यादवले प्रश्न गरेको बुझिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२४ माघ २०८१, बिहीबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२४ माघ २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२४ माघ २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२४ माघ २०८१, बिहीबार
Next Post

आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : रोज डे मनाइँदै

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भर्चुअल संवाद गर्ने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh