Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

काेराेनाले लियाे ६५ सय भन्दा बढीकाे ज्यान

प्रतिक्षा खबर
२०७६ चैत्र ३, सोमबार ०९:५०

चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरी महामारीको रुप लिएको छ । हालसम्म १ सय ५७ मुलुकमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भइसकेको छ ।
कोरोना भाइरसबाट १ लाख ६९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यसको संक्रमणले ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ ।
संक्रमित भएकामध्ये ७७ हजार ४ सय ३६ जना ठीक भएर घर फर्किएका छन् । उपचारारत ८५ हजार ४ सय ९३ जनामध्ये ५ हजार ९ सय २१ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ३२ सय १३ पुगेको छ ।
एक हप्ता यता नयाँ संक्रमण अत्यन्तै कम देखिएको चीनमा थप १४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
चीनमा संक्रमण देखिएका ८० हजार ८ सय ५८ जनामध्ये ६७ हजार ७ सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।
युरोपेली मुलुकलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोनाको संक्रमणले इटाली, स्पेन, फ्रान्स लगायतका मुलुकको जनजीवन तहसनहस बनाएको छ ।
संक्रमण रोक्न सीमा नाका बन्ददेखि मानिसहरुलाई घरबाहिर निस्कन नदिदा पनि ती देशहरुमा कोरोनाभाइरसको संक्रमण फैलने क्रम रोकिएको छैन ।
इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।
थप ३५ सय ९० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २४ हजार ७४७ पुगेको छ । उपचार गराइरहेका २० हजार ६ सय ३ जनामध्ये १६ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ।
संक्रमण व्याप्त भएपछि इटालीमा आज सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु गरिएको छ । इटालीले ‘लकडाउन’ गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाइसकेका छन् तर पनि त्यहाँ संक्रमण फैलन छाडेको छैन ।
स्पेनमा थप ९६ जना संक्रमितको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । ७ हजार ८ सय ४५ जनामा संक्रमण भएको छ।
यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५४ सय २३ जना संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।
सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । १३ सय ११ जना मानिस संक्रमित भएका छन् ।
कोरोनाभाइरसका कारण नेदरल्याण्डमा २०, स्विटजरल्याण्डमा १४ जना, जर्मनीमा ११, बेल्जियममा ४, नर्वे तथा स्विडेमा ३र३ जनाको मृत्यु भएको छ ।
एसियाली मुलुक इरान र दक्षिण कोरिया पनि कोरोनाभाइरसको चपेटामा परेका छन् । इरानमा ७ सय २४ जनाको मृत्यु भएको छ त्यहाँ १३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा ७५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या ८ हजार १ सय ६२ छ ।सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर