Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

प्रचण्डले गरे ३ वाम दलसँग एकता वार्ता

प्रतिक्षा खबर
२०८१ मंसिर २२, शनिबार १५:०९

२२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज तीन वामपन्थी दलसँग एकता वार्ता गरेका छन् ।

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसबारे जानकारी दिएका हुन् ।

तर उनले कुन–कुन दलसँग वार्ता भएको हो भन्ने खुलाएनन् । स्रोतका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समूह र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताको पहल गर्दै आएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको भन्दै अब वृहत एकता र धुवीकरणको बाटो फराकिलो बन्ने विश्वास व्यक्त गरे ।

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए । विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन ‘दायाँ–वायाँ कोण’बाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएको भन्दै उनले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

एकथरि शक्तिमा यो माओवादी र कांग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर