गोपाल झा
महोत्तरी , अषाढ २७ गते
महोत्तरी गाँउपालीकाको कार्यालयले आर्थिक वर्ष २०८९।०८० मा सम्पन्न गरेका बिभिन्न विकासे योजनाबारे जानकारी गराउन बुधबार सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
महोत्तरी गाँउपालीका वडानं.१ स्थित मा.बि पर्सा रघुनाथ बिद्यालयको प्राङ्णमा भएको सार्बजनिक सुनबाई तथा वार्षिक समिक्षा गोष्ठी गाँउपालीका अध्यक्ष दिलीप कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको ग्रामिण सामुदायिक समाज जलेश्वरको आयोजन तथा सहजकिरणमा समपन्न भएको छ । उक्त कार्यक्रममा महोत्तरी गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत प्रबिण कुमार झाले आ.ब. २०८९।०८० मा संचानल भएका योजना तथा आयब्यय प्रस्तुत गर्दै यहाँ स्थित बिभिन्न दल र आम नागरीकको साथ र सहयोग निरन्तर पाईरहेकोले विकासका कार्यहरु अगाडी बढीरहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा महोत्तरी गाँउपालीकाका वडा नम्वर १ देखी ६ सम्मका वडाध्यक्ष उपभोक्ता समिति, राजनैतिक दलका प्रतिनिधि, ग्रामिण सामुदायिक समाजका अध्यक्ष नागेन्द्र दुवे, नागरिक समाज, विभिन्न गैरसरकारी संस्थाका प्रतिनीधी, गाँउपालीकाका सम्पूणर् विषयगत साखाका प्रमुख, शिक्षक, बुद्धिजिवी , महिला तथा सर्बसाधारणहरुलाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा एकसय भन्दा बढीको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सर्वसाधारणले स्थानिय सरकार संचालन भएको करीब छौ बर्ष बितिसके पनि गाँउभित्रको सडक नालाहरुको समुचित बिकास तथा ब्यबस्थापन न भएको कारण स्थानियहरुले बर्षातको समयमा आवत जावत गर्न कठिनाईको सामना गर्न बाध्य भएको बताउँदै सडक तथा नालाको उचित ब्यबस्था गर्न सुझाव दिएका छन् ।
त्यस्तै असल किशानहरुको पहिचान गरेर सिचाईको लागी पम्पीङसेट तथा डिपबोरीङ बितरण गर्न ध्यानाकर्षण गराएका थिए भने यस गाँउपालिका भित्र छुवाछुत र जातपातको बिभेद तथा दहेज जस्ता कायम रहेको प्रथालाई निर्मुल गर्न बिभिन्न चेतनामुलक कार्यक्रम गर्नु पर्ने खाँचो रहेको धारणा राखेका थिए ।
वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा सहभागी महिलाहरुले आर्थिक रुपले सम्पन्न रहेको ब्यक्तीहरु आ—आफ्नो छोराछोरीहरुलाई बिभिन्न सहर स्थित निजि बिद्यालयमा पढाईरहेको भन्दै गरीबहरुको छोराछोरीलाई गाँउकै बिद्यालयमा पढाउनु पर्ने बाध्यता रहेको हुँदा यहाँका बिद्यालयहरुको पठनपाठनमा सुधार ल्याउन आग्रह गर्दै अशिक्षत महिलाहरुको लागी यद्यम कार्यक्रम अन्तरगत उत्पादन तथा आत्म निर्भर बनाउन सिपमुलक तालिमको ब्यबस्था गर्नुपर्ने माग राखेका छन् ।
कार्यक्रमा राजनितीक पार्टीका नेताहरु आफ्नो धारख्ने क्रममा महोत्तरी गाँउपालीकाले चालेका समग्र विकासे कार्यक्रमहरु राम्रा रहेपनि अझपनि कतिपय कुरामा सुधारको खाँचो रहेको औल्याएका थिए ।
सुशासन-(व्यवस्थापन र स्वचालन) ऐन २०६४, नियमावली २०६५ तथा स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ ले स्थानीय तह सञ्चालन प्रक्रिया तथा अपनाउनु पर्ने सुशासनको प्रत्याभूतिको लागि गर्नुपर्ने कार्यक्रमहरुको स्पष्ट व्यवस्था गरेको छ । तीनै व्यवस्थाहरु मध्ये सार्वजनिक सुनुवाई कार्यक्रम पनि एक हो । ऐन तथा नियमावलीहरुले गरेको व्यवस्थालाई सरल तथा प्रभावकारी ढंगले सञ्चालन गर्न सजिलो होस् भनेर नेपाल सरकारले सार्वजनिक सुनुवाई कार्यविधी २०६७ कार्यान्वयनमा ल्याएको छ । यस निर्देशिका बमोजिम कुनै पनि स्थानीय तहहरुले वर्षको तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने र सो कार्य कुनै पनि परामर्श, दातृ संस्था वा विज्ञहरुको सहजीकरणमा सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ । यिनै कुराहरुलाई ध्यानमा राख्दै महोत्तरी गाँउपालीकाले आ.व. २०७९/०८० मा योजना तथा आयोजना सम्पादन गरेका समग्र कार्यहरुको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न ग्रामिण सामुदायिक समाज जलेश्वर महोत्तरीलाई जिम्मेवारी दिएको समाजका अध्यक्ष नागेन्द्र दुवेले बताए ।
कार्यक्रमा सहजीकरण सुनिल कुमार मिश्र तथा बिबेकानन्द ठाकुरले गरेको थियो ।
स्थानीय तह सञ्चालन गर्न बनेका ऐन तथा नियमहरुले स्थानीय तहहरुले आर्थिक बर्षमा सम्पादन गरेका कामहरुको सार्वजनिक सुनुवाई वर्षको चार —चार महिनामा तीनपटक गर्ने व्यवस्था मिलाएको छ ।






