Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

धनुषाकाे गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप हुदा आधा दर्जन प्रदर्शनकारी घाइते

प्रतिक्षा खबर
२०७८ पुष १८, आईतवार १४:३५

धनुषामा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा परेर प्रहरी सहित आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको द्विपक्षीय झडपको क्रममा चार आन्दोलनकारी र दुईजना प्रहरी जवान घाइते भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरु राज्यमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा घाइतेभएकाहरुको नाम अहिले खुलेको छैन् ।
अवस्थालाई नियन्त्रणमा लिनका लागि झडपको क्रममा करिब एक दर्जन अश्रुग्यासँ प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए । उनले प्रदर्शनकारीको तर्फबाट ढुंंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यासँ प्रहार भएको बताए ।
प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट दुईजना जवान घाइते भएको जानकारी दिएपनि प्रदर्शनकारीहरुको तर्फबाट घाइते भएको बारेमा खुलाइएको छैन् ।
प्रहरी नायव उपरीक्षक बस्नेतले प्रदर्शनकारीको तर्फबाट कतिजना घाइते भएको अहिले जानकारी नभएको बताए । यद्यपी प्रदर्शकारीका अनुसार झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जना प्रदर्शनकारी घाइते भएको बताएका हुन् । प्रहरीले भने प्रदर्शनको क्रममा गोली प्रहार नगरिएको दावी गरेको छ ।
झडप अहिलेपनि जारी नै रहेकोले राज्यमार्ग खोलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले त्यहाँ नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर