Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

लरेन्स विश्नोईको नाममा धम्की दिएको भन्दै सीआईबीमा चार जनाको जाहेरी

प्रतिक्षा खबर
२०८१ मंसिर ५, बुधबार १८:५२

५ मंसिर, काठमाडौं । भारतको तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्की आएको भन्दै चार जनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका छन् ।

उनीहरुले आफूहरुलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की व्यवहोरासहित सीआईबीमा जाहेरी दिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले  बताए । उनका अनुसार, यो मामलामा प्रहरीले एक साता अघिबाटै अनुसन्धान गरिरहेको छ ।

चार जनाको मात्र जाहेरी परेपनि अन्य व्यवसायी, कर्मचारीसहित विभिन्न व्यक्ति समेत धम्की आएको सूचना रहेको प्रहरीले जनाएको छ । विश्वोई अहिले भारतको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ ।

पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेल भरतपुरमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार, नेपालमा दिइएका धम्कीमा पनि उनको संलग्नता भएजस्तो देखिँदैन । उनको नाम लिएर अरु कसैले धम्क्याएको हुनसक्ने अधिकृतहरुको अनुमान छ ।

यस्तै किसिमका धम्की झापाका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा पनि आउने गरेको भन्दै सीआईबीसम्म गुनासो पुगेको छ । एक व्यवसायीले भने त्यसरी आएको धम्कीमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानलाई सहयोग गर्न भनिएको छ ।

‘प्रसाईंलाई सहयोग गर्नु भनेकाले विश्नोईको नाममा अरुले नै असुली गर्न खोजेको हुनसक्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘हामीले भारतीय प्रहरीको समेत सहयोग लिएर अनुसन्धान गरिरहेका छौं ।

प्रसाईंलाई प्रहरीले मंगलबार विद्यतीय अपराध नियन्त्रण ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ गरेको छ । योसँगै धम्कीका मामलासम्बन्धी अनुसन्धानलाई समेत प्रहरीले प्राथमिकता दिएको छ ।

सीआईबीका प्रमुख एआईजी दिपक थापाका अनुसार, विद्युतीय अपराध नियन्त्रण ऐन विपरितको कसुरमा मातहतको साइबर ब्यूरोले अनुसन्धान गर्नेछ भने अन्य विषयमा सीआईबीबाट अनुसन्धान हुनेछ ।

विदेशबाट धम्की आएको विषयमा समेत जाँच गर्न भने प्रहरीको विशेष ब्यूरोले पनि सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर