Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

छठपर्वका सामग्री जुटाउन ब्रतालुहरु ब्यस्त

प्रतिक्षा खबर
२०८१ कार्तिक २०, मंगलवार २१:००

गोपाल झा

महोत्तरी ,कात्तिक, २० गते

मिथिलाञ्चल सहीतका सम्पूणर् क्षेत्रमा आज मंगलबारदेखि छठपर्व सुरु भए संगै पर्बकालागी बिभिन्न सामग्री जुटाउन ब्रतालुहरु ब्यस्त देखीएका छन् । छठ पर्बमा चढाईने प्रसादकोलागी तयार गर्ने चामल र आँटाका लागी कुटान पिसान गनै गराउन ब्रतीपरिवारहरु ब्यस्त भएका छन् ।

       छठपर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान बनाउनकालागी ब्रती परिवारका सदस्यहरु आजदेखि पारम्परीक ढेकी , जाँता र बिद्युतीय मिलहरु सुद्ध पानीले घोएर चोखो बनाई त्यहाँ कुटान पिसान सुरु गरेका छन् ।  तराई मधेसमा गोधन पर्व सम्पन्न हुन साथ छठ पूजाको प्रसादकालागी कुटान पिसानको कार्य सुरु गर्ने परम्परा रहेको छ ।

छठपर्वका लागि मिथिलाका घरघरमा बिहानै अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल र गहुँ कुटान पिसान गरी आँटा तयार गरिने गरीन्छ ।

               निकै चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ मिथिलानीहरूको घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी र जाँतोमा गर्ने परम्परा छ । तर अहिले ढिकी र जाँतोको अभाव हुन थालेपछि  बिद्युतीय मिलमा समेत कुटान पिसान गरिन थालीएको छ ।

यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठपर्वमा भगवान् सूर्य र माता छठदेवीको अघ्र्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरुकियालगायत पकवान तयार गरिने छ ।

छठपर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा  प्रमुख प्रसाद रहने गरेका कारण यसलाई निकै शुद्धता र पवित्रताका साथ कुटान पिसान गरी पकवान तयारीसम्मको काम गरिन्छ ।

   आजदेखि सुरु भएको कुटान पिसानका कारण छठबर्ती निकै उत्साहित र व्यस्त देखिएका छन् भने मिथिलाको घरआँगनमा छठपर्वको चहलपहल समेत बढेको छ ।

कार्तिक शुक्ल पञ्चमी बुधबारका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् र भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुने छ ।

  कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ । पछिल्लो समय मधेशलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर