Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

प्रधानमन्त्री ओलीको नियतमाथि विपक्षी गठबन्धनको शंकैशंका

प्रतिक्षा खबर
२०८१ श्रावण ६, आईतवार २२:२१

 

काठमाडौँ । चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आइतबार संसदबाट विश्वासको मत पाएसँगै कांग्रेस–एमाले गठबन्धन सरकारको दिनगन्ती सुरु भएको छ । असार १७ गते संसद्का दुई ठुला दलबिच भएको ७ बुँदे सहमति अनुसार ओलीले असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यसअघि आफैले बनाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री भएका उनीमाथि संसदमा विपक्षी सांसदहरूले नैतिकता, सुशासन, सामाजिक न्याय र समृद्धिको विषयमा गम्भीर प्रश्न उठाएका छन् ।

संसद्को रोष्टममा उभिएर प्रधानमन्त्री ओलीले दुईदुई पटक आफूले भ्रष्टाचार नगर्ने, गर्न पनि नदिने अडान दोहोर्‍याए । कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिका बुँदा संसदमा सार्वजनिक गरेर पारदर्शीयताको पक्षमा रहेको देखाउन उनले खोजेका थिए । राष्ट्रिय आवश्यकताको आधारमा सबैको साथ लिएर संविधान संशोधन हुने उनले बताए । साथै आफूलाई अग्लो देखाउन अरूलाई होच्याउने काम बन्द गर्न पनि उनले चेतावनी दिए ।

‘भ्रष्टाचार म गर्दिन अरूलाई पनि गर्न दिन्न । म फेरि भन्छु  भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न’, संसदमा दोहोर्‍याएर सुशासनप्रति प्रतिबद्धता व्यक्त गर्दै उनले भनेका थिए, ‘आफूलाई अग्लो देखाउन अरूलाई होचो देखाउने काम गर्दैनौँ । स्टन्ड देखाउन होइन कानुनसंवत रूपमा विभिन्न कालखण्डमा भएका भ्रष्टाचारमाथि छानबिन र कारबाही हुन्छ । त्यसमा ढुक्क हुनुहोस् ।

तर ओलीले सुशासन, संविधान संशोधन र समृद्धिको पक्षमा प्रतिबद्धता जनाएपनि उनको विगतको नियतमाथि विपक्षी दलहरूको आशंका हटेको छैन । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका दलहरूले खासगरी संविधान संशोधन, सुशासन र आर्थिक सुधाका विषयमा गम्भीर प्रश्न उठाए ।

ओलीमाथि प्रतिपक्षको आशा कम, आशंका बढी 

पूर्वअर्थमन्त्री समेत रहेका माओवादीका उपमहासचिव वर्षमान पुनले ओली नेकपाकालमा २ तिहाइको बहुमतबाट निर्वाचित भएको बेलाभन्दा अहिले अर्थतन्त्र उकालो लागेको तथ्याङ्क प्रस्तुत गरे । पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार आएपनि उनले संसद्लाई गलत तथ्य दिएर निराशा बाँड्न खोजेको आरोप लगाए । राजनीतिक स्थिरताको पक्षमा कांग्रेस–एमालेले देखाएको प्रतिबद्धता विगतको गल्तीलाई ढाकछोप गर्न संविधान संशोधनको कुरा उठाइएको पुनको तर्क थियो ।

‘नेताहरूले साना दल निर्वाचन प्रणालीले अस्थिरता आयो भन्नुभयो । साँच्चिकै त्यस्तो देखिन्छ ? साढे तीन वर्ष नेकपाको स्थिर सरकार थियो, किन आर्थिक प्रगति र राजनीतिक स्थायित्व हुन सकेन ? ०४८ देखि ०६३ सम्म दुवै दल सरकारमा पालैपालो हुनुहुन्थ्यो । सबैभन्दा बढी सरकार परिवर्तन त्यति बेलै भयो । त्यसकारण यो तर्क साँच्चिकै असल नियतबाट आएको होइन । त्यसलाई छोप्नका लागि बेठीक ढंगले संविधान संशोधनको कुरा आएको छ’, सरकारको नियतमाथि शंका गर्दै उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीको विगत सम्झाउँदै त्यसमा गम्भीर आत्मसमीक्षा गर्न सुझाव दिए । नेताले आत्म प्रशंसा गाएर नहुने भन्दै सोच चिन्तन, आचरण, व्यवहार र शैलीबारे कति जिम्मेवार हुनुभएको छ भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।

‘विगतमा के के त्रुटि गर्नुभयो ? दुई तिहाइको नेकपा सरकारले किन काम गर्न सकेन ? संविधानविपरीत दुई दुई पटक किन संसद् विघटन भयो ? आफैले बनाएको वामपन्थी सरकार छाडेर नयाँ समीकरण किन बनाउनुभयो ? मध्यरातमा ७ बुँदे सहमति गर्नुपर्ने बाध्यता किन आयो ? विगतका विघटनबारे आत्मसमीक्षा गर्न सामान्य अनुरोधमात्र गरेको छु’, ओलीलाई सुझाव दिँदै नेपालले भने ।

सर्वोच्च अदालतले पदमुक्त गरेको ओलीलाई तीन वर्षपछि कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता किन आयो भन्दै उनले कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि प्रश्न उठाए ।

संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गुण र दोषका आधारमा प्रतिपक्ष भएर बस्ने बताए । उनले सात बुँदेमध्ये चौथो बुँदामा मात्र केन्द्रित हुने त होइन भनेर प्रश्न गरे ।

‘हामी सरकारमा गएको ५ महिनामा देशको हरिबिजोग बनाएको भनिरहँदा ३४ वर्ष सत्तामा बसेकाहरूले बिग्रेको देशको जिम्मा लिनुपर्ने पर्छ कि पर्दैन’, सरकारमाथि उनको प्रश्न थियो । अघिल्लो सरकारले अगाडि सारेका भुटानी शरणार्थी, तस्करी सुन, बालमन्दी लगायत भ्रष्टाचारका फाइलमाथिका अनुसन्धान हुनेमा उनले शंका व्यक्त गरे ।

विपक्षी गठबन्धन मात्र होइन विगतमा ओलीलाई साथ दिँदै आएको राप्रपाले समेत ओलीको विपक्षमा मत हालेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विकृतिको अन्त्य हुने कुनै सम्भावना नरहेको बताए । उनले विगतमा राजाको मुख्यसचिवलाई अख्तियार प्रमुख कसले बनाएको र  भ्रष्टाचारको फाइल खुलेपछि कसले कारबाही गरेको भन्दै ओलीमाथि प्रश्न उठाए ।

‘यो सरकारबाट विकृतको अन्त्य हुने कुनै सम्भावना छैन । ‘राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको ? फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ?’, लिङ्देनको प्रश्न थियो । कांग्रेस–एमालेलाई गल्ती सच्याउने अन्तिम मौका रहेकाले राम्रोसँग काम गर्न उनले शुभकामना दिए ।

प्रभु साहले भ्रष्टाचार, राजनीतिक अस्थिरताका कारण कांग्रेस एमाले नै भएको आरोप लगाए ।

‘विगतदेखि कांग्रेस र एमाले नै  पालैपालो सत्तामा रहेका छन् । भ्रष्टाचार, अनियमितता बढेको छ । त्यसैकारण देशले अहिलेको दुर्दशा भोगिरहेको छ’, साहले भने ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगतमा दुई-दुई पटक संसद् विघटन गरेको विषयमा ओलीले अहिलेसम्म माफी नमागेकोमा आलोचना गरे ।

‘बिना कारण दुई–दुई पटक संसद् विगठन गरी ओलीले बदमासी गरे । प्रतिगमनतिर गएको त्यो बेठिक थियो भनेर किन आत्मालोचना नगरेको’, उनले प्रश्न गरे ।

पहिलेदेखि नै प्रतिपक्षको भूमिका खेलेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३५ वर्षदेखि पुरानै दल सत्तामा रहँदासमेत देश भ्रष्टाचारमुक्त हुन नसकेको आरोप लगाए । उनले सच्चा कम्युनिस्टहरू पुँजीवादी  सरकारमा नजाने स्पष्ट पारे ।

‘जसको हातमा अर्थतन्त्र हुन्छ, त्यसको हातमा सरकार हुन्छ । त्यसकारण गरिबको घरमा सहमति भएन । ठुलठुला व्यापारीको घरमा सहमति भयो । सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैन । प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारबाट मुक्त भए देश भ्रष्टाचारबाट मुक्त हुन्छ’, उनले भने ।

संसद्को अंकगणितको हिसाबले विपक्षी मोर्चा कमजोर देखिए पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा ओली सरकारको आगामी काम हेरेर कडा रूपमा प्रस्तुत हुने देखिन्छ । उनीहरुले दुई तिहाइको दम्भमा सत्ता गठबन्धन निरंकुश शैलीमा अगाडि बढ्ने, प्रतिपक्षको आवाजलाई दमन गर्ने, भ्रष्टाचारका फाइल बन्द गर्ने हो कि भन्ने विषयमा बढी शसंकित देखिएका छन् ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर