Advertisement
ताजा खबर

प्रतिक्षा खबर
२०८१ कार्तिक १२, सोमबार १७:४१

काठमाडौँ । एक साताको अवधिमा नेपालमा दोस्रो पटक बमको हल्ला चलेको छ । सोमबारमात्रै काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाकाे विमानमा बम राखिएको हल्ला फैलिएको छ ।

यससँगै सुरक्षा अधिकारीहरूले विमान चेकजाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले रातोपाटीलाई बताए ।

दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको एसएसपी बिकले जानकारी दिए । सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् ।

यसअघि कात्तिक ६ गते  भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । लगत्तै प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गर्दा केही फेला परेको थियो ।

त्यतिबेला दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी गराएपछि केहीबेर आतंक सिर्जना भएको थियो ।

पछिल्लो समयमा भारतमा विमानमा बम रहेको भनेर पटक पटक हल्ला चल्ने गरेपनि सर्च अपरे

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर