Advertisement
ताजा खबर
वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

पोखारियाको आन्दोलनप्रति महतोको ध्यानाकर्षण

प्रतिक्षा खबर
२०८१ आश्विन २३, बुधबार १८:४०

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले पर्सा जिल्लाको पोखरीया नगरपालिकामा केही दिनदेखि भइरहेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय नेता नेजामुद्दिन समानीको अगुवाइमा असोज १३ गतेदेखि भइरहेको अनिश्चितकालीन धर्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

जिल्लाको दोस्रो सदरमुकामको रूपमा परिचित पोखरीयामा केही सरकारी कार्यालय तथा अस्पताल लग्ने सम्झौता यसअघि नै भएको  तर अहिलेसम्म सरकारी कार्यालय नलगिएको भन्दै नेता समानीले आन्दोलन सुरु गरेका छन् ।

अध्यक्ष महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा एकजना जनता पनि कुनै विषयमा असन्तुष्ट भई आफ्नो माग मुद्दा अगाडि सारे राज्यले तत्काल सम्बोधन गर्नुपर्दछ । तर आज ११ दिन देखि लगातार पोखरीयावासी आन्दोलनमा बस्दा पनि तीनै तहको सरकार मौन बस्नुले गैरजिम्मेवारीको हद नाघेको छ ।

जनताको आधारभूत आवश्यकता र दैनिक कामकाज सहज बनाउने उद्देश्यले राखिएका सबै माग मुद्दाहरू तत्काल वार्ता र संवादको माध्यमले समाधान गर्न सरकारसँग उनले आग्रह गरेका छन् ।

रोम जलिरहँदा निरोहरुले बाँसुरी बजाएर बसेको जस्तो व्यवहार नगर्न सचेत गराउँदै अध्यक्ष महतोले अन्यथा यसबाट उत्पन्न हुने भयानक र असहज स्थितिको लागि तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर