Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी

प्रतिक्षा खबर
२०८१ आश्विन १३, आईतवार १५:३५

१३ असोज, विराटनगर । सप्तकोशीमा बाँध निर्माण भएयता आइतबार दोस्रो ठूलो बाढी मापन भएको छ । सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजमा सन् १९६८ (२०२५ साल) मा अत्याधिक बाढी मापन भएको थियो ।

त्यसयता आइतबार बिहान अत्याधिक बाढीको बहाव मापन भएको कोशी भुआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिए । आइतबार बिहानपछि भने पानीको मात्रा घट्न थालेको छ ।

आइतबार बिहान कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । सिटौलाका अनुसार सन् १९६८ अक्टोबर ५ (२०२५ असोज २० गते) मा कोशीमा ७ लाख ८८ हजार २०० क्युसेक बहाव मापन भएको रेकर्ड थियो ।

त्यसपछि आइतबार बिहान ६ लाख ६१ हजार क्युसेक मापन भएको उनले बताए । बिहानबाट भने कोशीको बहाव घट्न थालेको छ । जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खुला छन् ।

ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ ।

२०६५ साल भदौ २ गते कोशीको पूर्वतर्फको बाँध फुटेर बस्तीमा पस्दा १ लाख ६८ हजार क्युसेक बाढी मापन भएको थियो । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ ।

तर ब्यारेज भन्दा उत्तरतर्फको भाग बालुवाले पुरिएका कारण क्षमता बराबरको बहाव थेग्न सक्ने अवस्था छैन ।

बस्तीमा पस्यो पानी

उदयपुरको बेलका नगरपालिका-२ को बानडाँडा, बुधबारे, भागलपुर लगायतका बस्तीमा कोशीको बाढीका कारण डुबान भएको छ ।

बेलका–३ को एकता टोल र एबीसी टप्पुमा समेत बाढी पसेको छ । प्रहरीले ३६ परिवारलाई सुरक्षित स्थानमा सारेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढा टापुमा आइतबार बिहान कोशीको बाढी पसेको छ । बेलका र कंकालिनीमा पानीको बहाव धेरै भएपछि बस्तीमा पसेको सिटौलाले बताए ।

भारतीय पक्षले कोशीको बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेको भन्दै कोशीसँग जोडिएका भारतको ८ जिल्लामा सचेत रहन सूचना जारी गरेको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार दिउँसो १२ बजे बाढीको बहाव ५ लाख ८२ हजार क्युसेक मापन भएको छ ।

बिहान ७ बजे ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । पानीको बहावको इकाइलाई क्यूसेक भनिन्छ । सामान्यतया पानीको बहाव कति छ भनेर थाहा पाउन क्यूसेकको प्रयोग नदीहरूमा गरिन्छ । यो प्रतिसेकेन्डमा मापन हुन्छ ।

भारतको पटनास्थित जल संशाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा नोटिस जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर