Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

सरकारविरुद्ध माओवादीको खबरदारी सभा आज, प्रचण्डको कमाण्डमा  जुलुस निकालिने

प्रतिक्षा खबर
२०८१ कार्तिक १०, शनिबार ०७:२३
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी  छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी  पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले दाबी गरे ।

आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए । उनका अनुसार अध्यक्षसहित पदाधिकारी, प्रदेशका अध्यक्षहरू ब्यानरमा रहनेछन् । झण्डा, व्यानहरूको सबै तयारी पुरा भइसकेको छ ।

‘जनप्रदर्शनको लगभग सबै तयारी पुरा भएको छ । बाहिरबाट धेरै जुलुस ल्याउँदा सर्वसाधारणलाई अप्ठ्यारो हुने । ट्राफिक जाम हुने समस्या हुने भएकाले यसपटक फरक तरिकाले विरोध गर्न लागिएको छ । मलमा जम्मा भएर झाँकी, बाजागाजासहित अगाडि बढ्छौँ । जनताको समस्यालाई हेरेर फरक र रचनात्मक गराउन खोज्दै छौँ’, तयारीबारे जनाकारी दिँदै उनले भने ।

जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने सिंखडाले जानकारी दिए । करिब २ घण्टामा कार्यक्रम सकिने उनले जानकारी दिए । जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन् । उपत्यका बाहिरबाट कम सहभागी हुने सिंखडाले जानकारी दिए ।

सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । ओली नेतृत्वको गठबन्धन सरकार पश्चगामी भएको भन्दै माओवादीले देशभर आन्दोलन चर्काउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर