Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

पत्रकार महासंघको निर्वाचन समितिले प्रकाशन गरेको सदस्यता नामावलीप्रति जिल्ला अध्यक्षहरूले आपत्ति

प्रतिक्षा खबर
२०८१ भाद्र ३०, आईतवार २०:२१

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि गठित केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको सदस्यता नामावलीप्रति जिल्ला अध्यक्षहरूले आपत्ति जनाएका छन् ।

केही जिल्ला अध्यक्षहरूले आइतबार विज्ञप्ति जारी गर्दै समितिले शनिबार प्रकाशन गरेको  सदस्यता नामावलीप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रथमतः राजीनामा दिई सकेको र राजीनामा पनि स्वीकृत भइसकेका अध्यक्ष विपुल पोखरेलको हस्ताक्षरसहितको नामावली प्रकाशन गर्नु विधान विपरीत भएको हाम्रो ठहर छ । दोस्रो नेपाल पत्रकार महासंघको विधान अनुसार सदस्यता वितरण र नवीकरण शाखाको सिफारिस अनुसार प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखीकरण गर्नुपर्ने व्यवस्था रहेको सबैमा सर्वविदितै छ । तर सो व्यवस्था विपरीत र निर्वाचनका लागि गठन भएको निर्वाचन समितिले नामावली प्रकाशन, नामावली उपर दाबी उजुरी समेत लिइसकेको अवस्थामा निर्वाचन निर्देशिका र कार्यविधि विपरीत मात्र होइन निर्वाचनको सामान्य सिद्धान्त, मूल्य मान्यता र विधि पद्धति विपरीत छ ।’

यस्तै सदस्यता नामावलीमा थप भएका सदस्यहरूको नामावली हेर्दा महासंघ केन्द्र आफैले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्डको विपरीत रहेको उनीहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर